व्यवसायी गौचनसँग ठूलो रकम माग गरिएको र नदिएपछि अज्ञात समूहले उनीमाथि गोली चलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। गोली कसले हानेको भन्ने बारे केही पत्ता लागेको छैन। अहिले प्रहरीले काठमाडौँ उपत्यकामा चेकिङ कडा गरेको छ ।

प्रहरीले गाडीका चालक रामकुमार खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । देशभरिको निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन ड्राइभरकै छेउँमा बसेका थिए।

राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । उद्योगी व्यवसायीहरु माथि यसरी दिनदाहाडै काठमाडौको व्यस्त बजारमा नै गोली प्रहार गरी हत्या गरिनुले मूलुकको राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कमजोर प्रष्ट हुन्छ ।