You are here
Home > राजनीति > गाैचनको हत्यारा मनोज समूह

गाैचनको हत्यारा मनोज समूह

२४ आश्विन २०७४, मंगलवार ११:४१

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वरमा गोली हानेर हत्या  गर्ने समूह पक्राउ भएको छ । गौचनको हत्या गर्ने मनोज पुनको समूह रहेको प्रहरीले जानकारी गरे। घटनामा लोप्साङ लामा तथा समिरमान बस्नेत समूहले पुनको समूहलाई सहयोग गरेको पनि बताएको छ।

गौचनलाई मात्र होइन पुनको आपराधिक समूहले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, काभ्रेका दावा लामालाई पनि हत्या गरेको दाबी गरेको छ। यद्यपी, यसबारे अझै अनुसन्धान भने जारी छ।

हत्याकाण्ड अनुसन्धान गरिरहेका एक प्रहरीका अनुसार यी तीनवटै हत्याका चरित्र, आयाम र घटनामा प्रयोग भएका ‘सुटर’हरुको प्रकृति उस्तै उस्तै देखिएको छ। घटनापछि हत्या स्विकार्ने ट्रेन्ड, अभियुक्तहरु पृष्ठभूमी र ‘कनेक्सन’का आधारमा पनि प्रहरी यी तीन वटै घटनामा पुन समूह सक्रिय रहेको निश्कर्षमा पुगेको हो।

गौचन हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले विषेश ब्युरोमा कार्यरत एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ। ‘अनुसन्धान अझै अगाडि बढ्ने छ’ एक प्रहरी अधिकृतले भने, ‘यसबारे निकट भविष्यमै प्रहरीले थप तथ्य बाहिर ल्याउने छ।’