You are here
Home > बिचार/अन्तरबार्ता > चार दर्जन भन्दा बदी लडाइको अग्रमोर्चा सम्हालेका – अथक यात्री अर्थात सरल सहयात्री

चार दर्जन भन्दा बदी लडाइको अग्रमोर्चा सम्हालेका – अथक यात्री अर्थात सरल सहयात्री

२६ आश्विन २०७४, बिहीबार १५:५३
-पदम पुन मगर

सबै संग मिल्न सक्ने, सरल र सहज ढंगले अन्तरविरोधको समाधान गर्न सक्षम तथा लक्ष प्रति प्रतिवद्ध र अथक योद्धा भएको कारण उनको नाम र कर्म मिल्दो जुल्दो छ । अन्यायको विरुद्ध जीवन मरणको लडाइ लड्ने एक लाल विद्रोही, होनहार, वीर, वहुआयामिक जस्ता असिमित पर्यावाचिले समेट्न नसकिने एक ससक्त युवा नेताको नाम हो सरल सहयात्री ।

वैचारिक निष्ठा प्रति कटिवद्ध र आफ्नो कर्तव्यप्रति जीवन मरणको त्याग गर्न सक्ने व्यक्ति हुन उनी । सहयात्रीलाइ हेरेर लाग्छ उनी जीवनमा कहिल्यै दुखि छैनन् । प्रफुल्ल मुद्रामा कार्यकर्ता र जनतालाइ उर्जाशिल वनाउने प्राकृतिक व्यक्तित्वले उनको लम्वे यात्रालाइ सहज वनाएको छ । उनी भन्छन् ¬‘यस्तो खालको प्राकृतिक वरदानले कहिले काहिँ समस्यामा पार्ने रहेछ । आफूलाई आर्थिक समस्या पर्दा वा अरु कारणहरुले भित्रै देखि दुखि हुदापनि त्यो वुझिदिने मान्छे एकदमै कम हुने रहेछन् ।’

उमेरले ३५ वर्ष मात्रै काटेका भएतापनि राजनैतिक अनुभवको हिसावले उनी परिपक्व नेता हुन् । पातलो मसालको कम्युनिष्ट पृष्ठभुमिमा जन्मिएकाले दश वर्षको उमेर देखिनै अखिल नेपाल वाल संगठन मार्फत अखिल छैठौ, अखिल क्रान्तिकारि हुदै माओवादी जनयुद्धमा होमिएका व्यक्ति हुन । जनयुद्धमा स्थानिय राजनीतिक पृष्ठभुमि वनाउने अवसर उनका समकालिनहरुले चुकाएनन् । तर सरल सहयात्री लडाइको अग्रमोर्चामा होमिए । करिव चार दर्जन भन्दा वढि लडाइको अग्रमोर्चा सम्हालेका सरलको समकालिन सिन्धुपाल्चोकमा सायद छैनन् । चार पटक घाइते भएर आफ्नो दुइवटा दाइने करङ र व्याक हिपको हड्डी भाचेका सहयात्रीले अहिलेसम्म टाउकोमा ग्रिनेडको छर्रा वोकिरहेका छन् । सामान्य घाइते हुनासाथ आफ्नो जिल्लामा फर्केर पार्टी संगठन निर्माणमा फर्कने उतीवेलाको चलनलाइ उनले पछ्याएनन् । वरु शहिद वन्ने दृढता वोकेर नीरन्तर युद्धमोर्चामा खटिरहे । आफ्नो ठुलोदाजु शम्भु पौडेल र वहिनी रिता पौडेललाइ युद्धमोर्चामा गुमाएर मात्र शुख पाएनन् । वरु परिवार वसेका घर घेरा हालेर तत्कालिन शाहि सेनाले वम र गोली पड्काउदा भाउजु जिता पौडेल अहिलेपनि अपांग जीवन गुजारि रहेकि छिन् ।

शान्तिप्रकृया पछि धेरै योद्धाहरु फिल्डमा फर्किए तर उनी आफ्नो जनमुक्ति सेनाको विश्वासिला कमाण्डरको रुपमा कायमनै रहे । अस्थाइ क्याम्प भित्र भ्रष्टाचार भएको मुद्धामा उनी एक ससक्त विद्रोहिको रुपमा खडा भएर भृकुटि मण्डपमा भएको पार्टि केन्द्रको तेश्रो विस्तारित वैठकमा आफुलाइ अव्वल युवा कमाण्डरको रुपमा परिचित गराउन सफल भए । त्यतिवेला क्याम्पमा भएका धेरै कमाण्डरहरु विभिन्न केसमा मुच्छिदा उनको परिचय आम जनमुक्ति सेनाका सामान्य साक्षर सिपाइहरुलाइ एसएलसि सम्म पास गराउन अनौपचारिक शिक्षालाइ क्याम्प भित्र पसाउने शिक्षित कमाण्डरको रुपमा थियो । भाषा शिक्षक र कम्प्युटरको व्यवस्थापन गरेर धेरै आफ्ना सहयोद्धाहरुलाइ दक्ष वनाउन सक्दो कोशिष गरे ।

आज हेर्दा औंलामा गन्ने जनमुक्ति सेनाका योद्धाहरु मध्ये सरल सहयात्री वैचारिक नेताको रुपमा स्थापित छन् । जनमुक्ति सेना भनेको खासमा वन्दुके मात्र हुन भन्ने पार्टिभित्रका वौद्धिकहरुको मान्यतालाइ समेत चुनौति दिंदै पार्टिको वैचारिक र वौद्धिक संगठन जनसांस्कृतिक महासंघ नेपालको हाल अध्यक्ष छन् उनी । एक हातमा वन्दुक वोकेर अर्को हातले कलम चलाउदै साहित्यीक यात्रालाइ समेत नीरन्तरता दिएका कारण उनी समकालिन समाजमा प्रगतिवादी साहित्यकारको रुपमा समेत स्थापित भइरहेका छन् । त्यस वाहेक आजको राजनीतिमा उनी झन वढि झन अव्वल राजनीतिक व्यक्तित्वको रुपमा सिन्धुपाल्चोकमा स्थापित भएका छन् । आफ्नै जिल्ला भएतापनि सिन्धुपाल्चोकको राजनीतिमा अपरिचित एक युवा ६९ सालमा वल्ल जिल्लाको राजनीतिमा पाइला टेके । पाच वर्षको वीचमा समकालिन राजनीतिक व्यक्तिहरुलाइ चुनौति दिने गरि अघि वढ्नु निश्पक्ष आशाशिल जनसमुदायलाइ खुशिको कुरा भएतापनि प्रतिस्पर्धिहरुको लागी हाल टाउको दुखाइको विषय वनेको छ । आफ्नो नीरन्तर कर्म, मेहनत र क्षमताले आफुलाइ सवै क्षेत्रमा व्यवस्थित वनाएका सरलको डाहा गर्ने र दुस्प्रचार गर्नेको कमि छैन । यस विषयमा हामिले कुरा गर्दा उनी प्रफुल्ल मुद्रामा हासेर जवाफ दिन्छन् (‘आफु ठिक छु भन्ने मलाइ स्पस्ट थाहा छ । जोजो म प्रति कन्फ्युज छन् त्यो उनीहरुको प्रव्लम हो । मलाइ त्यस विषयमा टाउको दुखाउनु छैन । किनभने यो समाजलाइ रुपान्तरण गर्ने लक्षतिर हिंड्दैमा मलाइ फुर्सद छैन ।’

गत ७० सालको चुनावमा सिन्धुपाल्चोकको क्षेत्र नम्वर १ मा करिव ११ हजार मत ल्याउनु चानचुन कुरा थिएन भन्ने सत्य त्यस क्षेत्रका हरेक राजनैतिक विष्लेषकले भन्छन् । तर एकवर्ष अघि अपरिचित रुपमा सिन्धुपाल्चोक प्रवेश गरेर एमाले कांग्रेसका अनुभवि नेताहरुलाइ त्यो स्तरमा चुनौति दिनु सामान्य कुरा किनपनि थिएन भने त्यतिवेला देशैभरिवाट पराजित पार्टी नेताहरुको मतको आधारमा उनी टप १० मा थिए । त्यसयता त्यो क्षेत्रमा चिनिने माओवादीका वास्तविक नेता केबल सरल सहयात्री हुन । संगठन निर्माणमा होस, मुद्धा मामिलामा होस, कार्यकर्ताको संरक्षणमा होस, कार्यकर्ताको आर्थिक व्यवस्थापनमा होस वा आइपर्ने जुनसुकै समस्याको लागी रातदिन नभनि खट्ने नेता केबल उनी छन् । सिन्धुपाल्चोक दुइ नम्वर क्षेत्र कमरेड अग्नी सापकोटाले जितेका थिए । यद्यपी गत स्थानिय चुनावमा सरल सहयात्रीको क्षेत्रमा एक गाउपालिकामात्रै विजय भएतापनि अर्को दुइ गाउपालिकामा जम्मा ३० मत र १४४ मतले पाराजित हुने स्थितिलाइ विपक्षिले त्यस अघि पत्याएका थिएनन् ।


समग्रमा सिन्धुपाल्चोकको संघिय प्रतिनीधि सभा १ को आगामी चुनावको लागी सरल सहयात्री निर्विकल्प नेताको रुपमा यस अघिनै त्यस क्षेत्रका आम जनताले स्वीकार गरिसकेका नेता हुन् । तर चुनावी सरगर्मी शुरु हुने वेला देखिनै चर्चा परिचर्चा शुरु हुन थालि सकेको थियो कि कमरेड अग्नी सापकोटाले काम गरिरहेको पुरानो क्षेत्रको स्थिति कमजोर भएको कारण सरललाइ व्याक हटाएर उनी नै हावी हुनेछन् । तर त्यसको विपरित असौजको पहिलो सातातिर आइपुग्दा सापकोटाले आफ्नो सोच वदलेर सरल सहयात्रीलाइ चुनाव लड्ने तयारि गर्न निर्देशन दिए । सिंगल प्रतिस्पर्धामा करिव पाच हजार मतले पछाडि रहेका सरल सहयात्री त्यसलाइ रिकभर गरेर चुनाव जित्नेमा ढुक्क थिए । अघिल्लो चुनावको अनुभव र आफ्नो सैन्य राजनैतिक कला समेत मिसाएर सरलले यसपाली चुनाव जित्छ भन्नेमा जनता समेत विश्वस्त हुदै गएका थिए । तर राष्टिय राजनीतिमा आएको वाम तालमेलको हुइमले अहिले सहयात्रीको अभियान रोकिएको छ । तालमेल पछि जित्ने निश्चित भएपछि पुन सापकोटाले आफुलाइ उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । यस परिपेक्षमा कमरेड सरल सहयात्री कसरि यस प्रतिस्पर्धामा हावी हुन्छन् आम जनताले विभिन्न अनुमानको वीचमा नियालीरहेका छन् ।