You are here
Home > अर्थ/बजार > दाङ तुलसीपुरको रानीजरुवामा वेश्यावृत्ति, घरधनी सहित ४ जोडी पक्राउ

दाङ तुलसीपुरको रानीजरुवामा वेश्यावृत्ति, घरधनी सहित ४ जोडी पक्राउ

२६ आश्विन २०७४, बिहीबार १८:४०

दाङ ।

बेश्याबृत्तिमा संलग्न भएको आरोपमा प्रहरीले तुलसीपुरबाट ९ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा पर्ने रानी जरुवा स्थित हिमा चन्दको घरमा अनैतिक क्रियाकलाप हुने गरेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले घर धनि चन्द सहित ४ जोडीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।

असोज २४ गते वेलुका गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको अर्यालले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई मानव वेच विखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तरगत आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बेश्याबृत्ति तथा उच्छृङखल गतिविधिहरु रोक्न प्रहरीले निगरानी बढाएको छ ।