You are here
Home > राजनीति > वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति

वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति

२७ आश्विन २०७४, शुक्रबार १५:०८

काठमाडौं ।

वाम गठवन्धनबाट नयाँ शक्ति पार्टी नेपाल बाहिरिएको छ । नयाँ शक्तिले आफ्नै चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ ।

एमाले र माओवादीबीच भएको चुनावी तालमेलसँगै नयाँ शक्ति पनि एकता भएर एमालेको चुनाब चिन्ह लिएर चुनाबमा जाने पक्का भएको थियो । तर, सिट बाँडफाँटमा सहमति नभएपछी नयाँ शक्ति आफ्नै चुनाव चिहृन आँखा लिएर चुनाबमा जाने भएको छ।

नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिहृन लिएर चुनाव लड्ने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आˆनै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।’

वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ ।