You are here
Home > बिचार/अन्तरबार्ता > आखिर के हो केटी, पुरै ब्रमाण्डै हलचल ल्याईदियो – निर्देशक बिश्वाश आले मगर

आखिर के हो केटी, पुरै ब्रमाण्डै हलचल ल्याईदियो – निर्देशक बिश्वाश आले मगर

२८ आश्विन २०७४, शनिबार ०५:१६

पोखराबाट काठमाण्डौको यात्रा गर्नुपर्ने भयो । ‘यती लामो बाटो कसरी यात्रा गर्ने होला ?’ आफैले आफैलाई प्रश्न गरिरहेको थिए । तर, मनले नमान्दा नमान्दै यात्रा गर्नुपर्ने नै थियो, लाखाऔ मान्छेहरुका सपनाको सहर काठमाण्डौ ।

पोखारा देखि गन्तब्य सम्म पुग्न बस आफ्नो गतिमा अगाडीको कालो धर्सालाई पछ्याउदै घुम्तीहरु हान्दै छ । हरियो फाटहरुमा दगुर्दै आफ्नो गन्तब्य तिर बढिरहेको थियो । बसले पार गरेको वरिपरिको दृश्यलाई सिनेमा झै ध्यान मग्न भएर टोलाउदै हेर्दै म टोलाउँ थाले । ति यात्राहरुको हिंडाईमा लगभग २० बर्ष जतिको शुन्दर अनुहार ,गोहोरो चेहेरा ,मृगनयनरुपी आखा ,एउटा थोरै सानो,हल्का ठीक सुहाउदो गाजल लगाएको , हेर्दै लोभ लाग्दो ओठ , त्यही माथी थोरै रातो रङ्गले पोतिएको ,सानो चट्ट आखी भौ ,झिमिक्क – झिमिक्क त्यो परेला, लामो सर्ल्लक सिल्की त्यो हावामा फुरफुर उडिरहेको केश ,त्यस माथी सुनमा सुगन्ध झै हल्का हाईलाईट गरेको, टाउकोमा चस्मा भिरिएको, रातो सर्ट, कालो प्यान्ट , सानो लेडिज ब्याग भिरिएको ,नाडीमा राडोको घडी लगाएको, थोरै हाईट बढाउन कालो हिल जुत्ता लगाएको ,नारी शुन्दरतामा पुर्ण युबती हातमा स्यामसुङ्गको मोबाईल समाउदै मुहारमा मुस्कान छर्दै बिस्तारै अनुशासित बिद्याथी झै हात दिईन ।ड्राईभरले नमानी नमानी आफ्नो बलजबस्ती भएभरको बल लगाई खुट्टाले ब्रेक दबायो । बसले ल्याएको हावामा आफ्नो रेसमी झै केश उडाउदै मुहार भरि मधुर मुस्कान लिएर फिल्मी शैलीमा बसमा चढिन । बसभित्र चढ्न साथ बस नै पुरै हिरा झै उज्यालो छायो । सबैको ध्यान उनि तिरै खिचियो । मानो कि, रेखा थापा नै उभिरहेको छ । उनि यताउता हेर्न थाली । प्राय सबै सिट खाली भएकोले कता बसु कता भयो । बसका अरु यात्रु सबै म सङ्ग आएर बसिदिए हुन्थ्यो झै आखाको ईशाराले बोलाउन थाल्यो । अघी सम्म अगाडीको बाटो मात्र हेर्ने ड्राईभर दाई अगाडी भन्दा दोब्बर पछाडी हेर्न थाल्यो । उनि एकछिन अक्कमकिन त्यसपछी यताउती नहेरी सिधै पछाडी आई र “यस क्युच मि” भन्दै मेरो सगैको सिटमा बसी ।

म एकछिन लाज शरम युक्त डरले अक्क न बक्क भए । आफु सग स्वर्गको अप्सरा आशिन देख्दा हुकचिलको छायामा बिरालो झै टोलाए । अनि आफ्नो अगाडी एटम बम नै राखेझै भान भयो । शरिर डरले जस्तो छ त्यस्तै शालिक जस्तै बनेर बसे । स्वास पनि उन्ले सुन्ला भनि बिस्तारै फेरे । शरिर मुर्ती जही अडिक भो । मन भित्र आफ्नो शरिरको कुनै भागले अन्यासमै कतै छोईएलाकी भन्ने पटक पटक त्रासपुर्ण यात्रा भो । उनी म सँग आएर बसेपछी सबै जना “मरिगयस्” भने झै मुन्टो बटार्दै अगाडी फर्के । ड्राईभर पनि रिसाए झै अनियन्त्रीत रुपमा बस हाक्न थाल्यो । लाग्छ सबै जना मेरो सत्रु भाका छन । किन यस्तो ? जाबो एउटा राम्रो केटी आएर आफुसँग बस्दा किन दुनिया दुश्मन ? युबती भनेसि किन सबै चाहान्छन ? यो केटी भनेको के हो र जस्ले पनि आफ्नो भैदियोस भनि चाहाने र अर्काको भयो भने रिसाउने ? म सोचाईमा डुब्न थाले ।

ड्राईभरको रिसाई होकी बसको हिडाई त्यस्तो हो सिधा बाटो पनि बस रक्सिले मातिएको मान्छे झै हल्लिन थाल्यो । म सकेसम्म आफ्नो शरिरले अरुलाई नछुओस भनि आफुलाई बेसरि नियन्त्रणमा राखे । तर उनिमा त्यस्तो थिएन । उनि ढुक्कले यात्रा गरिरहेको थियो । उनलाई म प्रती कुनै सन्का छैन झै भान थियो । बस ढल्किदा उनको शरिर मतिर स्पर्श हुन आउथ्यो । म झसङ्ग हुन्थे । मगधिरा फिल्म मा झै पुरै शरिर सत्ययुग तिर प्रबेश गर्थ्यो । तर उनलाई त्यस्तो कुनै फिल हुन्नथ्यो । उनि आनन्दले हल्का मुस्कान छोदै यात्रा गरिरहेकी थिईन ।

पटक -पटकको स्पर्श पछी अनि मेरो अड फील देखेर उन्ले बेला बेलमा “सरि” भन्दै मुस्काउथि । म झन लाजमा चुल्लुम्म दुब्थे । उनि झन मुस्काउथि । लाग्थ्यो उनि मलाई मोहित पार्दै छिन । अनि प्रेमको सागरमा डुबाउदै छिन । उन्को एक स्पर्शले मेरो शरिरमा करेन्टको झट्का झै पैदा हुन्थ्यो । पतन्जली बाबाको आयुबेर्दिक झै पुर्ण सन्जिवनी झै शरिर हुन्थ्यो । महिनौ दिन खान नपाएर मरुभुमीमा लदेको मान्छेलाई अमृत पान गराइदियको झै शरिर तन्दरुस्त हुन्थ्यो । सधै साह्रै दुब्लो छु भनेर चिन्ता गर्ने मान्छेलाई एकै पल्ट मोटाए झै भान थियो । अदृश्य यो मन शरिर भित्र कता कता लुकेर खुशीको बिजय जुलुश मनाईरहेको थियो । कोही मन चही अर्कातिर बसेर ठुलो नाचगानका साथ रमाईलो गरिरहेको थियो । अनि बकी मन चाही मृगका शाबक झै खुशीले मनको फुलबारीमा उफ्री- उफ्री खेलिरहेको थियो । अप्रत्यासिक रुपमा आज आफु सगै स्वर्गको अपसरा पाउदा यो मनले आकाश छोईरहेको थियो । अनि कहिले भागय नहुने मान्छलाई अमेरिकाको डिभी परे झै भान थियो । तर यथार्थ म लाजले निलो कालो हुँदै सकिनसकी झ्याल तिर हेर्दै सोचिरहे ।

आखिर के हो केटी मान्छे अनि उसको शरिर ? आज सम्म लाखौ केटा साथीसँग यात्रा गरे कती परिचित र कती अपरिचित सँग यात्रा गरे खै  ? कहिले त्यस्तो भएन तर आज जाबो एउटा यो केटी मान्छेले पुरै ब्रमाण्डै हलचल ल्याईदियो । जिउदो शरिरलाई सालिक झै अड्याईदियो । आखिर के छ शक्ती केटी मान्छेमा ? सबैको त्यही एउटा शरिर त हो हड्डी र मासुको तर पनि किन यस्तो फरक ? यो मनले कतै पनि यन्सर पाएन । उनि तिर हेरम त नाङ्गो आखाले हेर्न सक्दिन थिए त्यसैले झ्यालतिर हेर्दै भुल्न थाले ।

उनी बेला बेलामा मैले नदेखे झै गरेर लुकी लुकी म तिर नजर तेर्साउ थि । म चाही थाहा नभको जस्तो गर्थिए । अनि भित्र भित्रै सर्माउथिए । अनि म पनि पालोको पैचो तिर्थिए । कहिले काही त दुबै जनाको एकै पल्ट नजर जुध्थो । त्यो बेला हामी दुबै यक्दमै सर्मराउथिए । बिस्तारै यात्रा बढ्दै जादा उनको आखा लोलाउन लाग्यो । अनि उ बिस्तारै निदाउन लागी । अनि आफ्नो शिर मेरो काधमा बिसाइ । अब भन्नु के छर । फिल्म क्लाईमेक्समा पुगे झै भयो । अघी सम्म उन्को शरिर शिधा हुँदा अपरिचित ठानेको थिए । जब उन्ले जानी जानी आफ्नो शिर मेरो काधमा टेकाइन तब मनमा एउटा सम्बन्ध बिकाश भयो “आफ्नो पन र आत्मियता” । वाहा !! कस्तो मान्छेको सम्बन्ध अघी सम्म को हो को हो मान्छे जाबो शिर काधमा राख्नु साथ क्षणको क्षण सम्बन्ध आफ्नो पन र आत्मियतामा । अचम्म लागयो । यसरि रैछ सम्बन्धको बिकाश , यही सोचे अनि आफ्नो काधमा शिर अड्याएर निधाउने आफ्नो मान्छेलाई हेर्दै टोलाए ।

बसले एक्कासी ब्रेक लगायो । म अगाडी बेसरि हुतिए । मेरो शिर गएर अगाडीको सिटमा बेसरि ठोक्कियो । म झल्यास्स बिउझिय । म सँगको सिट खाली थियो । सवै जना निदाईरहेका थिए । म यता उता हेरे । अघी सम्म को मेरो त्यो सब घटना त दिवा स्वप्नरहेछ । म साह्रै दुखी भय अनि मन मनै आफैलाई प्रशं गरे-“… थुईक्क दुखी आत्मा जाबो सपना त पुरा हुन सक्दैन भने बिपना कसरी पुरा होला ?”
झोलाबाट पानीको बोतल झिगे अनि दुई घुट्को पानी पिउदै बाकी यात्रा ननिदाई काठमाण्डौ आईपुगे ।

कलंकी पछीको यात्रा उनी कुन सपनामा हराईन, म आफनो सपना तिर हराउन बाध्य भए |