You are here
Home > राजनीति > प्रचण्ड र केपी संग सिट सोचे जस्तो नपाएपछी शेबहादुरको शरणमा पुगे नयाँ शक्तिका डा.बाबुराम

प्रचण्ड र केपी संग सिट सोचे जस्तो नपाएपछी शेबहादुरको शरणमा पुगे नयाँ शक्तिका डा.बाबुराम

२८ आश्विन २०७४, शनिबार १४:५३

काठमाडाैँ ।

वाम गठबन्धनबाट बाहिरिए लगत्तै नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टरार्इले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग छाेटाे छलफल गरेका छन् ।

शुक्रबार दिउँसाे छाेटाे छलफलमा जुटेका बाबुरामले देउवासमक्ष अाफू लाेकतान्त्रिक गठबन्धनमा सहभागी हुने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टरार्इ लाेकतान्त्रिक गठबन्धनसँग चुनावी तालमेलकाे प्रस्ताव गरेका छन् । पार्टीभित्र छलफल गर्न देउवालार्इ अाग्रह गर्दै भट्टरार्इले गाेरखा क्षेत्र नम्बर २ सहित ११ सिट मागेकाे खुलासा भएकाे छ ।

‘गाेरखा क्षेत्र नम्बर २ र ११ सिट भए हामी तालमेलमा अाउँछाैँ’ भट्टरार्इले देउवालार्इ भनेका छन्, ‘तालमेल सम्भव नभए गाेरखा २ छाडिदिनुपर्याे, म अन्त सहयाेग गर्छु ।’

शनिबार फेरि छलफलमा बस्ने सहमति भएकाे बाबुराम र देउवाबीच हालसम्म कुनै सहमति भने भएकाे छैन ।