You are here
Home > राजनीति > जनता टेलिभिजन कार्यकारी निर्माता सम्मानित

जनता टेलिभिजन कार्यकारी निर्माता सम्मानित

२९ आश्विन २०७४, आईतवार १४:११

काठमाडौं ।

जनता प्रकाशन तथा प्रशारण लिमिटेडले ग्लोबल पिस अवार्ड पाउनु भएका दिपेन्द्र दोङ तामाङलाई सम्मान गरेको छ । जनता टेलिभिजनका कार्यकारी निर्माता समेत रहनु भएका तामाङलाई जनता प्रकाशन तथा प्रशारण लिमिटेडले सम्मान गरेको हो ।

दक्षिण कोरियाको राजधानी सोलमा तामाङले विश्व शान्ति सम्मेलनको अवसरमा तामाङलाई सम्मान गर्दै जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले आफुले पाएको उपलब्धि जोगाउँदै अघि बढन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, सफलता पाउन सबैले मेहनत गर्नुपर्छ, जसले राष्ट्रका लागि केही फाइदा पुगोस ।’

सम्मान कार्यक्रममा पत्रकारिताको क्षेत्रबाट विश्व शान्तिको स्थापनामा उल्लेख्य योगदान पुर्याएकोमा तामाङ सहित विभिन्न देशका ७ पत्रकारहरु लाई उक्त अवार्ड प्रदान गरिएको थियो ।