You are here
Home > राजनीति > गोरखामा कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेल हुने

गोरखामा कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेल हुने

२९ आश्विन २०७४, आईतवार १४:३२
काठमाडौं |
शनिबार बालुवाटारमा भएको सहमति अनुसार कांग्रेस र नयाँ शक्तिले गोरखा जिल्लामा चुनावी तालमेल गर्ने निर्णय भएको छ।  गोरखा २ नम्बर क्षेत्रबाट कांग्रेसले बाबुराम भट्टराईलाई सहयोग गर्नेछ भने १ नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्नेछ।

वाम गठबन्धनमा सहभागी भएका भट्टराईलाई माओवादी र एमालेले गोरखाबाट टिकट दिन नमानेपछि उनी गठबन्धनबाट बाहिरिएका थिए। भट्टराई दुबै संविधान सभामा निर्वार्चित भएको गोरखा– २ बाट यसपालि माओवादी–एमाले गठबन्धनको उम्मेदवारका रुपमा नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन्।

‘हामीलाई खबर नै नगरी केन्द्रीय नेताहरुले गोरखाका बारे सहमति गरे’, टिकटका आकांक्षी एक कांग्रेसी नेताले भने, ‘हामीले नेताहरुसँग विरोध जनाउँदा दुई पार्टीबीच सहमति भइसक्यो, अब चुप लाग्नू भन्ने निर्देशन छ।’

गोरखाबाट प्रतिनिधि तथा प्रदेश सभामा टिकटका आकांक्षी कतिपय नेताले भने यो तालमेलप्रति असन्तुष्टि जनाएका छन्।