You are here
Home > अर्थ/बजार > मलेसिया पुगेका नेपालीहरु सागर आलेको गीत सुन्न नपाएर फर्किए

मलेसिया पुगेका नेपालीहरु सागर आलेको गीत सुन्न नपाएर फर्किए

२९ आश्विन २०७४, आईतवार १६:१७

क्वालाम्पुर।

नेपाल आईडलका चौथो विजेता सागर आले मगरले मलेसिया क्वालाम्पुर पुगेका नेपालीहरुलाई झुमाए । नेपाल मगर सघं मलेसियाले आयोजना गरेको सागर धमाका एवं एभरेष्ट कन्सर्ट-३मा हाउसफूल भएर मलेसिया पुगेका नेपालीहरु सागर आलेको गीत सुन्न नपाएर फर्किएका थिए ।

दीपावलीको अवसरपारि क्वालाम्पुरमा आयोजना गरिएको कार्यक्रममा दर्शकहरुको उपस्थिति देखेर स्वयम गायक एव नेपाल आईडलका चौथो विजेता सागर आले समेत दगं पर्दै भने-‘यति धेरै माया गर्नुभएको छ, तपाईहरुको मायालाई मैले कहिल्यै पनि विर्सने छैन ।’

सागर आलेले स्टेजमा पर्ना साथ नेपाललाई सवैले माया गर्नु पर्छ भन्दै गायक राजु लामाको मेरो नेपाल भन्ने गीत गाए लगतै शिव परियारको वेहोसि पछि होसमा आउँदा क्यादामी भो, नेपथ्य ब्याण्डको जीवन घाम पानी, शिव परियारकै पिउदिन भन्दा भन्दै पिलायो साथीले, प्रशान्त तामाङको स्वरमा रिमिक्स गरिएको रातोरानी फुले झै साझँमा, मुसुमुसु लगायतका एक दर्जन गीत गाए ।

सांगीतिक कार्यक्रममा लोकदोहोरी गायिका नीरु श्रीस, मोडल तथा डान्सर आरुसी मगर, गायक मधुसुधन थापा मगर लगायत स्थानीय स्तरका कलाकारहरुले समेत आफनो प्रस्तुती प्रस्तुत गरेका थिए ।

क्वालालम्पुरको कार्यक्रम सोचे भन्दा सफल भएको आयोजकहरुले वताएका छन । सोही कार्यक्रम अक्टोवर १८ तारिख पेनाग र अक्टोवर २२ तारिख जोहोरवरुमा हुँदैछ ।

कार्यक्रमलाई रिया,आईएमई, मण्डला रेष्टुरेण्ट,उग्रतारा रेष्टुरण्ट,रिमिक्स रेष्टुरेण्ट,मिनी रेष्टुरेण्ट,हाईमाउण्टेन भ्यू टूर एण्ड ट्राभल्स लगायतकाले प्रायोजन गरेको थियो ।