You are here
Home > अर्थ/बजार > २४ घण्टा ठमेल सञ्चालन गर्न ठमेल व्यवसायीहरुले सडक कालोपत्रे गरेर व्यवस्थित बनाइँदै

२४ घण्टा ठमेल सञ्चालन गर्न ठमेल व्यवसायीहरुले सडक कालोपत्रे गरेर व्यवस्थित बनाइँदै

३० आश्विन २०७४, सोमबार १७:४३

काठमाडौ ।

ठमेल क्षेत्रलाई कात्र्तिक ५ गतेदेखि भेइकल फ्रि जोनको रुपमा स्थापित गरिँदै छ । ट्राफिक महाशाखाले पर्यटकीय क्षेत्र ठमेलमा सवारी व्यवस्थापनलाई कडाई गर्ने भन्दै सवारी साधनमा रोक लगाउने जनाएको छ ।

महाशाखाले उपत्यकाको सवारी अस्तव्यस्तताले ठमलेको वातावरणमा नकरात्मक प्रभाव पारेको भन्दै ठमेल क्षेत्रमा सवारी व्यवस्थापनमा कडाई गर्ने जनाएको छ ।

ट्राफिक महाशाखाले पर्यटकीय गन्तब्य भएपनि सवारीको अस्त ब्यस्तताले ठमेलको वातावरण असहज र प्रदुसित बन्दै गएकोले सवारी साधनको आगमन र पार्किङलाई ब्यवस्थित र कडाई गरिने निष्कर्ष निकालेको हो । पछिल्लो समय ठमेलमा बढ्दो सवारी चापका कारण पर्यटकहरु समेत ठमेलभित्र आनन्दले घुम्न सकिरहेका छैनन् ।

हरेक समयको जाम, धुँवा, धुँलोले पर्यटकहरु समेत आजित भइसकेका छन् । त्यसैले स्थानीय सरकार, महानगरीय प्रहरी महाशाखा, ठमेल पर्यटन विकास परिषद् , पर्यटन ब्यवसायी तथा स्थानीय बासिन्दाहरुको समझदारीमा महाशाखाले ठमेल भित्र सवारी आवगमनमा रोक लगाउने जनाएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द खनालका अनुसार ठमेललाई २४ घण्टा नै खुला गर्ने नीति अन्तर्गत रहेर नै यसको विकास र प्रवद्र्धन गर्नका लागि सबै भन्दा सुरुमा ट्राफिक व्यवस्थापन गर्न लागिएको हो । योसँगै ठमेलको ज्याठा मार्ग र त्रिवेणी मार्गलाई दुई तर्फ बनाइने छ । त्यसैगरि ट्राफिक महाशाखाले ठमेल बाहिर जान सातघुम्ती, सोह््रखुट्टे, ओरालो, क्षेत्रपाटी, भगवती बहाल, अमृत मार्ग, ठहिटी दाहिने, बाट बाँया जान मिल्ने व्यवस्था गरेको छ ।

यता २४ घण्टा नै ठमेललाई चलाउने नीतिलाई अघि बढाएसँगै ठमेलको रुपरंग फेरिएको छ । विभिन्न ठाउँमा सिसिटिभी जडान गरिएको छ भने सौर्य बत्तिका साथै सडकहरु कालोपत्रे गरिएको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङ बताउँछन् ।

ट्राफिक व्यवस्थापनले निम्त्याएको अस्तव्यस्तालाइए हटाउनका लागि ट्राफिक महाशाखासँगको महिनौँ देखिको छलफल पश्चात ट्राफिक व्यवस्थापनमा नयाँ नियम निर्माण गरिएको हो । तर, ठमेलमा स्थायी घर भएर बस्नेहरुका लागि भने विशेष पासको व्यवस्था गरिने छ । यो नीतिसँगै ठमेललाई २४ घण्टा खुला राख्ने ठमेल पर्यटन विकास परिषदको सपना पुरा हुँदै गएको अध्यक्ष समिर गुरुङ बताउँछन् । कहाँ कहाँ बाट सवारी चलाउन रोक लगाइएको छ । त्यो पनि हेर्नुहोस् ।