प्रदेश समितिका अध्यक्ष शेर्पा सोलुबाट चुनाव लड्ने करिब करिब पक्का पक्कि भएको छ । प्रदेश र संघको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारी घोषणाको क्रमले तिब्रता पाएको छ ।

मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनमा समानुपातिक तर्फको वन्द सूची पेश भएलगत्तै प्रत्यक्षतर्फका उम्मेदवारहरुले उम्मेदवारी घोषणाले तिब्रता पाएको हो । सोलुखुम्बुबाट संघतर्फ संघीय समाजवादी फोरमका वैकल्पीक केन्द्रीय सदस्य ल्हाक्पा शेर्पाले उम्मेदवारी दिने संभवना रहेको पार्टी निकट स्रोतले जानकारी दिए ।

प्रदेश समितिका अध्यक्ष समेत रहेका शेर्पाले पछिल्लो समय सोलुमा व्यापक संगठन विस्तार गरेसँगै संघमा उनले ‘टिकट’ हात पर्ने संभवन रहेको पार्टी केन्द्रीयतहका एक नेताले बताए ।

लोकतन्त्र स्थापनासँगै भाषिक, सांस्कृतिक आन्दोलनमा अगुवा भूमिका निर्वाह गरेका शेर्पाले पहिचान, शेर्पा स्वायत्त प्रदेश स्थापनाका लागि विभिन्न चरणमा भएका संघर्षहरुका नेतृत्व समेत गरेर समुदायमा लोकप्रियता हासिल गरेका छन् । शेर्पाले हिमालयन शेर्पा सांस्कृतीक केन्द्रको अध्यक्ष हुँदाताका उपत्यक वाहिर विभिन्न भाषिक कक्षा सञ्चालन, सांस्कृतीक प्रबद्र्धन गर्ने अभियान सञ्चालन गरेर समुदायमा योगदान पुर्याएका छन् ।

सोलुखुम्बुबाट प्रदेश सभामा चोलामाया वस्नेत र गंगा थापामगरको उम्मेदवारी निश्चित भएको सचिव सागर शेर्पाले जानकारी दिए । त्यस्तै, समानुपातिक तर्फ नर बहादुर वस्नेत र नरेन्द्र थापामगरको बन्दसूचीमा नाम परेको सचिव शेर्पाले जानकारी दिए । प्रतिनिधी सभाको समानुपातिक तर्फ समाजवादी फोरमका केन्द्रीय सदस्य आङ काजी शेर्पा किसानको एकमात्र नाम समावेश भएको छ ।