You are here
Home > प्रवास > चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु

१ कार्तिक २०७४, बुधबार ०७:५७
चीन |

राजधानी बेइजिङमा आज देखि चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु भएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने निर्णय पक्का गरेको छ।

महाधिवेशनबाट बन्ने नयाँ नीतिबाटै समग्र देश सञ्चालन हुने भएकाले यसमा विश्वव्यापी चासो देखिएको छ । महाधिवेशनमा कुनै घटना नहोस भनी राजधानी बेइजिङसहित देशभर सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी रहेको महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले समाजवादसहित चीनको विशेषता नयाँ युगमा प्रवेश गरेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि १० लाखभन्दा बढीलाई कारवाहीको दायरामा ल्याएको समेत उनले उल्लेख गरे । उनी सन् २०१२ मा राष्ट्रपति बनेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सबैभन्दा शक्तिशाली हुन्छ । र, त्यसमा रहने नेताहरुले नै सरकार सञ्चालन गर्छन् । यस पटकको पोलिटब्युरो पनि सधैंझैं महाधिवेशनले तय गर्नेछ ।