You are here
Home > विचित्र संसार > अपराध अनुसन्धानमा सघाउने कुकुरहरुलाई प्रहरीले गर्‍यो पूजा

अपराध अनुसन्धानमा सघाउने कुकुरहरुलाई प्रहरीले गर्‍यो पूजा

१ कार्तिक २०७४, बुधबार ०८:०८

काठमाडौं |

नेपालीहरु हिन्दु धर्म मान्नेहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार परेको छ। कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगञ्जले पनि नेपाल प्रहरीलाई सघाउँदै आएका कुकुरहरुको पूजा गरेको छ।

यमराजको ढोकामा द्वारपालका रुपमा रहने श्याम र सबल नामका कुकुरले मृत्युपछि यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ। कुकुरलाई पूजा गरी माला लगाइदिएर तथा मिठो मसिनो खुवाएर मनाउने चलन छ।

कुकुर मानिसको निकै नजिक रहने सहयोग प्राणी पनि हो। यसले घरको रखवारी मात्रै गर्दैन सुरक्षाकर्मीहरुलाई अपराध अनुसन्धानमा पनि सघाउने गरेको छ।  नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगञ्जले कुकुर तिहारको अवसरमार वर्षभरी उत्कृष्ट सेवा दिएका कुकुर र तिनका प्रशिक्षकलाई पुरस्कृतसमेत गरिएको छ।