You are here
Home > राजनीति > वाम गठवन्धनले दुई तिहाई ल्याउने पक्का छ : नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन

वाम गठवन्धनले दुई तिहाई ल्याउने पक्का छ : नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन

६ कार्तिक २०७४, सोमबार ०५:४९

एमाले पोलिटव्यूरो सदस्य गोकुल घर्तीको प्रस्तावमा प्रतिनिधि सभा सदस्य रोल्पामा नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता बर्षमान पुन अनन्तले उम्मेरदवार दिएका छन्।

माओवादी र एमालेको संयुक्त -याली सहित लिवाङ स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उनले हिजो अपराह्न उम्मेरदवार दर्ता गराएका हुन्। उनीसंगै वामगठबन्धन तर्फबाट रोल्पा प्रदेश सभा सदस्यको लागि रोल्पा क्षेत्र नं १ बाट माओवादी नेता कुल प्रसाद केसीू सोनामू र प्रदेश नं २ बाट माओवादी कै दिपेन्द्र पुनूसिजलूले उम्मेरदवार दर्ता गराएका छन् ।

माओवादी र एमालेको सहमति हुँदा एकमात्र प्रतिनिधिसभा र रोल्पाका दुवै प्रदेश सभा सदस्य माओवादीले उम्मेरदवार दिएको हो। उम्मेरदवारी दर्ता पछि आयोजित संयुक्त जनसभालाई संवोधन गर्दै नेता अनन्तले आफूहरुको विजयीको औपचारिक घोषणा हुन वाँकी रहेको निश्चित भएको दाबी गरे ।

प्रतिनिधिसभा र प्रदेश सभामा देशैभर वामगठबन्धनले विजय हासिल गरेर स्थिर सरकार मार्फत देशलाई आर्थिक समृद्धिको यात्रामा दुर्तगतीमा अगाडी बढाउने बताए। साथै उनले वामगठबन्धनले विकास र समृद्धि मार्फत रोल्पाको मुहार फेर्ने प्रतिबद्धता सहित आफूहरुलाई मतदान गर्न अपिल गरे।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गोकुल घर्तीले रोल्पामा मात्र नभई देशैभरी वामपन्थी गठबन्धनको विजयी सुनिश्चित भईसकेको दाबी गरे ।

उनले गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा गोलाकार भित्रको हँसिया हथौडामा मतदानगरी साझा उम्मेरदवारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिए। पूर्व अर्थमन्त्री समेत रहेका अनन्त पहिलो पटक आफ्नो गृहजिल्ला रोल्पाबाट उम्मेरदवारी  दर्ता गरेपछि रोल्पाले सशक्त उम्मेदवार पाएकाले अनन्तको जितपछि समग्र रोल्पाको समृद्धिको बाटो खुल्ने चर्चा रोल्पाबासीहरुमा चल्न थालेको छ ।