You are here
Home > राजनीति > पूर्व राजा ज्ञानेन्द्र फेरी मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार (भिडियो सहित)

पूर्व राजा ज्ञानेन्द्र फेरी मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार (भिडियो सहित)

६ कार्तिक २०७४, सोमबार ०९:३२

काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहेको अवस्थामा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएको छ । पुर्ब राजाले मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार मुलुकको नेतृत्व लिन आफु तयार रहेको बताएको हो ।

शनिबार काठमाडौंको कमलादीस्थित बहिनी शोभा शाहीको हातबाट १० बजेर ४५ मिनेटको राजपुरोहितले तोकेको साइतमा भाइटीका लगाएपछि पत्रकारसँग कुरा गर्दै पूर्व राजा शाहले मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार नेतृत्व लिन आफू तयार रहेको बताए ।

‘अहिलेको मुलुकको परिस्थितिलाई नियाल्ने हो भने मुलुक नेतृत्वविहीन बनेको छ’, उनले भने, ‘जनताको चाहना र इच्छाका भरमा म मुलुकको नेतृत्व सम्हाल्न तयार छु । यसलाई सक्रियताको रुपमा हेर्नु हुँदैन ।’ पूर्वराजा शाहले संविधान कार्यान्वयन गर्ने समय आएको समेत बताए ।

राजाले जनताको चाहना र इच्छाका भरमा आफु मुलुकको नेतृत्व सम्हाल्न तयार भएको जनाएपनि यसलाई सक्रियताको रुपमा नहेर्न समेत आग्रह गरेको छ।

भेटमा पूर्वराजा शाहले संविधान कार्यान्वयन गर्ने समय आएको समेत बताएको थियो ।