You are here
Home > राजनीति > अध्यक्ष विजयकुमार गच्छदारले पार्टी कांग्रेसलाई बुझाएकोले आफू एमालेमा प्रवेश-मोहमद मुस्ताक आलम

अध्यक्ष विजयकुमार गच्छदारले पार्टी कांग्रेसलाई बुझाएकोले आफू एमालेमा प्रवेश-मोहमद मुस्ताक आलम

६ कार्तिक २०७४, सोमबार १०:०७

काठमाडौ |

अध्यक्ष विजयकुमार गच्छदारले पार्टी कांग्रेसलाई बुझाएकोले आफू एमालेमा प्रवेश गरेको  बताए । नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग  मिसिएपछि असन्तुष्ट बनेका लोकतान्त्रिक फोरमका सांसद तथा पूर्व राज्यमन्त्री मोहमद मुस्ताक आलम एमाले प्रवेश गरेका छन् ।

गत संविधान सभा निर्वाचनमा उनी विजय गच्छदार नेतृत्वको मधेसी लोकतान्त्रिक फोरम प्रवेश गरेर आफ्ना मामाविरुद्ध रौतहट-२ बाट संविधान सभा सदस्यको चुनाव लडेका थिए। उनले अफताव आलमलाई उनकै निर्वाचन क्षेत्रमा हराएपछि मामा-भान्जाबीचको ‘शत्रुता’ झनै चर्किएको थियो।

 

मुलुक दुई वटा बलिया राजनीतिक ध्रुवमा बाँडिएपछि कांग्रेसइतर ध्रुवको नेतृत्व गरिरहेका भान्जा आलम एमालेतिर आकर्षित भए। आइतवार बिहान एमाले अध्यक्ष केपी ओलीले आलमलाई आफ्नै निवासमा पार्टी प्रवेश गराए।

एमाले पार्टीले केहीबेरमै बीचमा अध्यक्ष ओली उभिएको र अर्का एमाले नेता गौतमले आलमसँग अगाँलो मारेको तस्बिर पार्टीको वेवसाइटमा राख्यो।

‘मैले गच्छदारलाई साथ दिएको हो तर उहाँले पार्टी जोगाउन सक्नुभएन,’ उनले भने, ‘ मलाई कांग्रेस नेताहरुले पनि राम्रो ‘रेस्पोन्स’ गरेनन्। त्यही भएर म एमालेमा आवद्ध भएँ।’

गच्छदार नेतृत्वको फोरम केही दिनअघि कांग्रेसमा समाहित भएपछि आलम अप्ठेरोमा परेका थिए।