You are here
Home > राजनीति > यसरी जंगबहादुर राणाले आफ्नै निवासअगाडि लखन थापालाई फाँसी दिएको थिए

यसरी जंगबहादुर राणाले आफ्नै निवासअगाडि लखन थापालाई फाँसी दिएको थिए

७ कार्तिक २०७४, मंगलवार ०६:१८

 सहिद लखन थापा मगर (१८३५–१८७७) नेपालको पहिलो क्रान्तिकारी सहिदको रूपमा चिनिन्छन । जहाँनिया राणा शासनको विरुद्धमा जनबिद्रोह गर्दा तत्कालीन राणा शासकद्वारा हत्या गरिएका वीर सहिद लखन थापा मगरलाई राज्यले ३, असोज २०७२ का दिन प्रथम सहिद घोषणा गरेको थियो ।

उनी नेपाल को पहिलो मगर जातिय द्वारा राणा शासन (१८४६–१९५०) जंग बहादुर राणा को शासनबिरुद्ध लडेर बिरोध गरि क्रान्ति फैलाउने पहिलो नेपाली हुन् । सहिद लखन थापा मगरलाई यो सबै कार्यमा सहयोग गर्ने उनको नजिकको साथी ‘जयसिंह चुमी राना मगर’ थिए । सहिद लखन थापा मगरले आफुले आफैलाई आफ्नै स्वतन्त्र राज्यको राजा घोषणा गरे र जय सिंह चुमी राना मगर आफ्नो मन्त्रिको घोषणा गरे ।

Lakhan Thapa Magar

लखन थापा मगरले ‘बुन्ग्कोट, गोर्खा’ मा ३ तले दरबार र परेड को साथमा आफ्नो सेनाको साथमा आफ्नो राज्य (राजधानी) स्थापना गरे । जंगबहादुर राणाको शासन नष्ट गर्नको लागि उनले आफ्नै राजनैतिक तवरले आफ्नो स्वतन्त्र सेनाको रूपमा खडा भए । उनको जन्म १८३५ मा गोर्खा जिल्लाको कहुले भंगरमा भएको थियो ।

गगन सिंहको रहस्यमय हत्याकाण्डपछि, १८४६ मा राणा शासनको १०४ बर्षे पुरनो शासनको पछि लागेको बुझिन्छ । महरानी जनरल गगन सिंहको हत्यारा को हो भनि थाहा पाउन चाहन्थिन् । ‘जनरल अभिमान सिंह राना मगर’ जो नेपाल सेनाको प्रथम जनरल कमान्डर–इन–चिफ थिए । उनलाई थाहा थियो कि को हो जनरल गगन सिंहको हत्यारा भन्ने । जंगबहादुर राणाले उनीमाथि उनको छातीमा गोली प्रहार गरे र जनरल अभिमान सिंह राना मगर चिच्चाए–गगन सिंहको हत्यारा ‘जंगे’ हो भनेर । यो सबै जंगबहादुरको सम्पूर्ण राज–खानदान खतम पार्ने ठूलो संरचना थियो भने अर्को राज्यमा जातिय नेता लखन थापा मगर आफ्नो सम्पूर्ण सेनाको साथमा सुरक्षित थिए ।

लखन थापा मगर एक महान साहसिक पुरुष थिए जो यस्तो सासन पटक्कै मन पराउँदैन थिए । उनले आफ्नो क्षेत्रको केहि जवान युवकहरूलाई सामेल गरि सरकारको विरुद्ध बिरोध गरे । यसै दौरानमा जंगबहादुर राणाले उनको यो चाल थाहा पाएर उनका साथी अजय सिंह चुमी थापा मगर लगायतको सम्पूर्ण ५० युवक हरू लाई फाँसीमा झुन्डाए । जंगबहादुर र उनको शासनलाई खतम पार्ने सबै षडयन्त्र थाहा पाएका जंगबहादुर राणाले उनलाई अर्थात् लखन थापा मगर लाई बुन्ग्कोट, गोर्खास्थित आफ्नै निवासअगाडि फाँसीमा झुन्डाई हत्या गरियो भने अन्य ७ जनालाई मनकामना मन्दिर नजिक झुन्डाई हत्या गरियो ।

आठ पहरियाले ती सबै ब्यक्ति र सामान समेत जंगबहादुरलाई ल्याएर बुझाए । जंगबहादुरलाई संगठन देखेर निक्कै आश्चर्य लाग्यो । उनले यस संगठनलाई जरैदेखि निर्मूल पार्ने विचार गरे । निर्मूल पार्ने सबभन्दा सजिलो उपाय थियो संगठनकर्तालाई निर्मूल पार्नु । त्यसकारण जंगबहादुरले लखन थापा र उनका ७ जना साथीलाई फाँसीको सजाय सुनाए र उनीहरूलाई फैसला सुनाएको निक्कै समयपछि लखन थापालाई आफ्नै मठमा र अरू ७ जनालाई मनकामनामा लगेर झुन्डाइएको थियो ।

कानुङ