काठमाडौं |

पूर्व  प्रधानन्यायाधीश अनुपराज शर्माले आमाका नामबाट नागरिकता दिने प्रावधान पहिलेको भन्दा बढी झन्झटिलो भएको बताउनु भएको छ  ।

नागरिकता विहीनको समस्याका विषयमा महिला कानुन मञ्चले सोमबार आयोजना गरेको फोटो प्रदर्शनी कार्यक्रममा बोल्दै शर्माले आमाका नाममा नागरिकता दिन बनेको कानुन बढी झन्झटिलो भएको वताउनु भएको हो ।

‘हामी नयाँ संविधान बनाएर अर्को चरणमा गएका छौ तर आमाका नामबाट नागरिकता दिने प्रावधान भने झनै झन्झटिलो बन्दै गएको छ’ शर्माले bh, ‘म न्यायालयमा भएको बेला आमाको नामबाट नागरिकता दिने बिषमा धेरै मुद्दा फैसला गरेको थिएँ । आमाको नामबाट नागरिकता नलिने भनेको छैन तर कानुन नै झन्झटिलो छ ।’

कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले आमाको नामबाट नागरिकताको विषय सम्बोधन भए पनि अभ्यासमा जाँदा प्रक्रिया कठीन भएको वताउनुभयो । महिला कानुन मञ्चका अध्यक्ष मीरा ढुंगानाले साथमा आमा हुँदा हुँदै अनागरिक भएर बस्नु पर्ने समस्या अन्त्य हुनुपर्ने वताउनुभयो ।

आमा हुँदा हुँदै अनागरिक भएकाहरुको पीडामा आधारित फोटो पदर्शनी सोमबार आयोजना गरिएको हो । सो फोटो प्रदर्शनी बुधवारसम्म चल्ने जनाइएको छ ।

चक्रपथ