You are here
Home > Front News > मगर चलचित्र ‘खुर्पेटो’ चितवन र पोखरामा च्यारिटी शो हुने

मगर चलचित्र ‘खुर्पेटो’ चितवन र पोखरामा च्यारिटी शो हुने

७ कार्तिक २०७४, मंगलवार ०७:५८

काठमाडौ |

देश भित्र र देश बाहिरको च्यारिटी शो प्रश्चात मगर चलचित्र ‘खुर्पेटो’ चितवन र पोखरामा पनि च्यारिटी शो हुने भएको छ । मगर कल्याण समाज चितवनको आयोजनामा कार्तिक १७ गते शुक्रबार चितवनको नारणघाटमा र मगर महिला सघ कास्कीको आयोजनामा कार्तिक २५ गते सनिबार पोखरामा च्यारिटी शो हुन लागेको हो ।

बेलायत, कुवेत र भारतको देहरादुन साथै नेपालको काठमाण्डौ, काभ्रे , दमौली , सुर्खेत, बुटवलको मोतिपुर र नबलपरासीको बर्दघाट प्रश्चात चलचित्र ‘खुर्पेटो’ फेरी चितवन र पोखरामा पनि च्यारिटी शो हुन लागेको हो ।

मगरहरुको राष्ट्रीय झन्डामा अंकित खुर्पेटो, यसको परिचय, निर्माण कला, बिशेषता, प्रयोग, आबश्यकता  र महत्वलाई लिएर निर्माण गरिएको नारी चेतना र शन्देश मुलक कुरा निर्देशक बिश्वाश आले मगरले नेपाल न्युजलाई जानकारी दिनुभएको छ |

मिफुङ्ग फिल्मस प्रोडक्सन प्रा.लि. को ब्यानर र राजेन्द्र आले मगरको निर्माण र बिश्वास आले मगरको लेखन तथा निर्देशन, लोक दोहोरी गायिका मुना थापा मगर पहिलो पल्ट अतिथीको भूमिकामा चलचित्रको पर्दामा देखा परेकी छिन । साथमा सुजन थापा , बिना थापा , टिका आले, राजु आले, शोभा आले,सङ्गिता तुम्सिङ, राजन थापा, बबिता आले, बिष्णु आले, सल्मा पुन, राजेन्द्र आले, राज कुमार आले, सम्झना आले, नारायण गुर्माछान, सन्जय बुढाथोकी र बाल कलाकार आभाष आले र सरु आले मगरको प्रमुख भूमिका रहेको छ ।

खुर्पेटो देशैभर ठाउमा माग र अनुकुलता अनुसारको च्यारिटी शो गर्ने अभियान रहेको  छ  ।