You are here
Home > कला > ‘घामपानी’ र ‘कालो पोथी’लाई विशेष चलचित्र अवार्ड

‘घामपानी’ र ‘कालो पोथी’लाई विशेष चलचित्र अवार्ड

८ कार्तिक २०७४, बुधबार ०८:४६

काठमाडौ|

चलचित्र विकास बोर्डले २०७३ सालको विशेष चलचित्र अवार्ड ‘घामपानी’ र ‘कालो पोथी’लाई प्रदान गरिएको छ । चलचित्र  विकास बोर्डका अध्यक्ष रामचन्द्र ढकालले बुधबारका दिन प्रमाणपत्र वितरण गरेको हो ।

अन्तर जातिय बिबाहलाई केन्द्र बिन्दु गरी निर्माण गरिएको चलचित्र “घामपानी”का निर्देशक दिपेन्द्र लामाले आफनो चलचित्रले पाएको प्रमाण पत्र लिईरहेको तस्बिर सामाजिक संजालमा पोष्ट गर्दै खुशी व्यक्त गरेका छन । सोहि चलचित्र नेपाली दर्शक र राष्ट्रिय अवार्ड मात्र पाएको थियो ।

“कालोपोथी” चलचित्र भने चार फाइट र चार गीत बाट तादा रहेर नेपाली पन झल्किने गरी निर्माण गरिएको चलचित्र हो । तत्कालिन माओबादी र सरकारको युदलाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको चलचित्र “कालोपोथी”का निर्देशक मिन बाम भने, आफूले पाएको सम्मान पत्रलाई व्यवस्ता गरेको जस्तै देखिन्छ । उनले कहिँ कतै पनि खुशीका शब्दहरु पोखेका छैनन् । सोहि चलचित्रले भने, नेपाली दर्शक र रास्ट्रिय अवार्ड मात्र नभै अन्तरास्ट्रिय दर्शक र अन्तरास्ट्रिय अवार्डहरु निकै संख्यामा जम्मा गरेको छ ।

कालोपोथी र घामपानी दुवै चलचित्रले २-२ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् ।