You are here
Home > कला > काठमाडौंमा खिचिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज (तस्बिर सहित)

काठमाडौंमा खिचिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज (तस्बिर सहित)

९ कार्तिक २०७४, बिहीबार ०२:४९

काठमाडौं |

नेपालमा छायाँकन गरिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज भएको छ । काठमाडौका बिभिन्न स्थानमा छायाँकन भएको ‘एक्सा’मा हलिउडकी मोडल जुली डुवल मुख्य भुमिकामा रहेकी छन् ।

नेपाल २०७० बैशाख १२ गते गएको भूकम्पको कथा बस्तुलाई केन्द्र बिन्दु गरी निर्माण गरिएको चलचित्र ‘एक्सा’ एक भोलिन्टियरको कथामा बनाइएको छ।

भुकम्पको बेला भोलिन्टिएरले साट्ने सुख दुःख समेत चलचित्रले देखाउन खोजेको छ । निर्माण गरिएको चाचित्र ‘एक्सा’मा नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टरको काम जनकदीप पराजुलीले गरेका थिए ।

हलिउडको प्राबिधिकहरु द्वारा फ्रान्सको कम्पनीका लागि ‘एक्सा’ निर्माण गरिएको हो । चलचित्र नेपालको अलवा थाइल्यान्ड र फ्रान्समा समेत खिचिएको थियो ।

चलचित्रमा काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालको समेत अभिनय रहेको छ ।