You are here
Home > राजनीति > अक्टोबर क्रान्तिको सतबार्षिकी मनाउनलाई विप्लवले काठमाडौंमा र्‍याली निकाले

अक्टोबर क्रान्तिको सतबार्षिकी मनाउनलाई विप्लवले काठमाडौंमा र्‍याली निकाले

९ कार्तिक २०७४, बिहीबार १४:०४

काठमाडौं |

नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनायो । विप्लवको पार्टीले पनि सोहि अवसरमा काठमाडौंमा वृहत र्‍यालीसहित विभिन्न स्थानबाट खुलामञ्चमा भव्य कार्यक्रमको आयोजना गरेकाे थियो ।

रुसमा लेनिनको नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा जारको सत्ता ध्वस्त गरी सोभियत सत्ता स्थापना गरेका थिए । रुसी क्रान्ति सम्पन्न भएकोे १ सय वर्ष पूरा भएको सन्दर्भमा यो वर्ष विश्वभरी नै कम्युनिस्ट र समाजवादीहरुले विभिन्न कार्यक्रमका साथ ‘अक्टोबर क्रान्तिको शतवार्षिकी’ मनाएको हो ।

विश्वबाट उपनिवेशवादको अन्त्य गर्दै एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका राष्ट्रिय मुक्ति र स्वाधीनता आन्दोलनको प्रेरणास्रोत रहिरह्यो । हाम्रा छिमेकी मुलुक चीन र भारत मात्र संसारभरका उपनिवेश भएर बसेका मुलुकका स्वाधीनताप्रेमीहरूका लागि सोभियत संघ त्यस्तो भरपर्दो सहयोगी थियो, सधैं स्वतन्त्रता प्रेमीलाई तन, मन र धनले सघाइरह्यो ।

यसै अवसरमा रुसको कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेशन (सीपीआरएफ) अक्टोबर क्रान्तिको शताव्दीतिर भन्ने शीर्षकमा अपिल सार्वजनिक गरेको छ । अक्टोबर क्रान्तिको पृष्ठभूमि र क्रान्तिपछि विश्वमा यसले पारेको प्रभावबारे विभिन्न कार्यक्रम संचालन भएको थियो।