You are here
Home > खेलकुद > पेनाल्टीमा अचम्मको गोल – भिडियो अहिले भाइरल बन्दै

पेनाल्टीमा अचम्मको गोल – भिडियो अहिले भाइरल बन्दै

९ कार्तिक २०७४, बिहीबार १६:३६
 थाइल्यान्ड |
गएको शनिबार थाइल्यान्डको स्थानीय युथ-१८ कप फुटबलमा निकै रोमाञ्चक पेनाल्टी सुट भएको छ । बैंककमा बैंकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबिचको सेमिफाइनल खेलमा भएको पेनाल्टीको भिडियो अहिले विश्व फुटबल प्रेमीमाझ भाइरल भइरहेको छ ।

उक्त खेलमा निर्धारित समय २–२ गोलको बराबरी भएको थियो भने खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा बैंकक २०–१९ गोल अन्तरले विजयी भयो भने १९–१९ गोल हुँदा बैंककका एक खेलाडीले हानेको पेनाल्टी प्रहार विपक्षी गोल पोष्टको माथिल्लो बारमा लागेर फर्किएको थियो ।

पेनाल्टी बारमा लागेर रोकिएको ठानेर खुशी मनाएका सात्री क्लबमा किपरको खुशी त्यति बेला उल्टो भयो जब बारमा लागेर आएको बल भुँइमा ठोक्किँदै पोष्टभित्रै पस्यो र गोल भयो ।

भिडियो यहाँ उपलब्ध छ :