You are here
Home > अर्थ/बजार > प्यारालाइसिस विरामीलाई राजीवको सहयोग

प्यारालाइसिस विरामीलाई राजीवको सहयोग

१२ कार्तिक २०७४, आईतवार ०९:०९

जाजरकोट |

वर्षदिन देखि विरामी भएर थला पर्नु भएका नेता राजीव विक्रम शाहले विरामी कालीवहादुर परियारलाई आर्थिक सहयोग गरेको छ । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका १३ रुपगाउँका कालीवहादुर परियारलाई सहयोग गरेका हुन् ।

वर्षदिन देखि विरामी भएर थलिन परेका बिरामीलाई घरमै पुगेर शाहले आर्थिक सहयोग गरेको हो । प्यारालाइसिसले गर्दा परियार हिडडुल गर्नु समेत गर्न सकेका थिएन |

बिरामी कालीवहादुरलाई वाहिर भित्र गर्न परिवारको सहारा चाहिने गरेको त्यहाँका वडाध्यक्ष नरेन्द्र शाहीले बताए । केहीदिन अघि भगवती पुगेका शाहले परियारको घरमै पुगेर औषधी उपचार गर्नु होला भन्दै आर्थिक सहयोग गरेको शाहीले बताएको छ । समाजसेवी नेता शाहले परियारको उपचारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

गाउँ घुम्ने क्रममा परियारको घरमा पुगेपछि उहाँको अवस्था देखेर सहयोग गरेको कुरालाई केही व्यक्तिहरुले गलत रुपमा वुझेको भन्दै शाहले दुख व्यक्त समेत गरेका छन् ।