जहाँ चुनाैती छ, त्यहाँ अवसर छ उद्धारहणकाे लागी काठमाण्डुमा भएकाे धेरै चुनाैतीहरू । तर त्यस्ता चुनाैतीहरूलार्इ राम्राेसँग अध्ययन गर्न सके त्यसबाट ठूलाे सुधारात्मक विकासका याेजनाहरू नमार्ण गर्न सकिन्छ । मसँग पनि अरू नेपाली जवानहरूझै समस्याहरू छन् तर म त्यसलार्इ सकरात्मक मनसायकाे दृष्टिकाेणले हेरेर अवसरहरूकाे रूपमा हेर्छु । म गवार्इ दिन सक्छु किनभने मैले मिडिया तथा सञ्चारकाे क्षेत्रमा धेरै संघर्षहरू गरेकाे छ ।

तर म जब ती  थिएटरमा अभिनय गरेकाे दिनहरूमा भएकाे संघर्षहरूलार्इ फर्केर हेर्छु, मेराे जीवनकाे यात्रामा मैले कहिल्यै पनि अघि बढ्न हिचकिचार्इन । मैले नाटक गर्न सिकेँ र त्यहीबाट फिल्ममा अभिनयकाे यात्रासम्म अाइपुगेँ । यदि मैले संघर्षलार्इ अवसरकाे रूपमा नलिएकाे भए म अाज यहाँ हुने थिइन । पहिलेका दिनहरूमा थिएटरहरूमा नाटक प्रस्तुत गर्दा हामीलार्इ करिब रू७०,००० काे भाडा खर्च लाग्थ्याे । तर टिकट बेचेपछि हामीले जम्मा गरेर करिब रू ७,००० कमाउथ्याैं जसकाे कारण हामी हरेक चाेटी घाटामा हुन्थ्याैं । तर पछि बिस्तारै संघर्ष गरेपछि मेराे टाेली र म सफलताकाे बाटाे तर्फ उक्लियाैं ।

मैले कहिल्यै पनि पहिला फिल्म लाइनमा लाग्ने साेचेकाे थिइन तर पनि मलार्इ अभिनाय भने सानै उमेर देखि रूची थियाे । मलार्इ निर्देशन गर्ने रूची थियाे तर नायक बन्न पुगेँ किनभने स्क्रप्ट लेख्न निकै कठीन कुरा रहेछ भनेर मैले थाहा पाएँ ।

हामीले कहिल्यै पनि नकारात्मक दृष्टिकाेणले जीवनलार्इ हर्नुहुँदैन तर सकारात्मक भएर परिस्थितीकाे सामना गर्नुपर्छ । हामी जुन क्षेत्रमा अाबद्ध छाैं त्यसमा हामीले परिश्रम गरिरहनु पर्छ । हामीले अाफ्नाे लागि हाेइन तर क्षेत्रमा लागेकाहरूकाे लागि र अवसर प्रदान गर्नेहरूकाे लागि परिश्रम गरी चुनाैतीकाे सामना गर्याैं भने हामी विजयी हुनेछाैं ।

हामी परिणामकाे पछि लाग्याैं भने धेरै समस्याहरू अाइलाग्छ । जीवन त हाम्राे रूचि, जाेश, शाैक अादिमा भरपर्नु पर्छ । मैले थिएटरमा नाटक गर्दा र फिल्ममा अभिनय गर्दा धेरै चुनाैतीहरूकाे सामना गर्नुपरे तापनि मेराे रूचि र तृष्णाकाे कारण धेरै सम्भावनाहरूलार्इ देखिरहे किनभने मैले हार खाइन  र अघि बढीरहेँ । स्पष्ट भएर अघि बढ्ने तर दाेधारमा नपर्ने, त्यसपछि त्यहाँ सम्भवनाहरू हुन्छन् जसकाे परिणामस्वरूप चुनाैतीकाे भएतापनि अवसरहरू अाउनेछन् जसले अन्तमा सफलता दिनेछ ।

दयाहाङ राइ नेपाली फिल्ममा सफल नायक हो। साे बिचारहरू एजुकेट नेपाल इनिसिएटिभद्वारा अायाेजित नेपालमै अवसर छ कार्यक्रममा दयाहाङ राइले बाेल्दै गर्दा थाेमस बाेगटीबाट सम्प्रेषण गरिएकाे हाे । 

खबर दैनिक