You are here
Home > कला > न्यूयोर्कमा गुरुङ सोसाइटीको नयाँ कार्य समिति चयन

न्यूयोर्कमा गुरुङ सोसाइटीको नयाँ कार्य समिति चयन

१३ कार्तिक २०७४, सोमबार ०७:१४

काठमाडौ |

२९ अक्टोबर, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको पुरानो संस्था मध्ये एक मानिने गुरुङ तमु सोसाइटी न्यूयोर्कमा नेतृत्व परिवर्तन भएको छ । शनिवार सम्पन्न वार्षिक साधरण सभाबाट पदम गुरुङको अध्यक्षतामा तमु सोसाइटीमा नयाँ कार्य समिति गठन भएको हो ।

साधारण सभाले चयन गरेको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सिद्धार्थ गुरुङ, सचिवमा सरिन गुरुङ, कोषाध्यक्षमा विजय गुरुङ, सहसचिवमा मच्छे गुरुङ र सहकोषाध्यक्षमा जंगबहादुर गुरुङ निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा राजमान गुरुङ, प्रकाश गुरुङ, कर्ण गुरुङ, अर्जुन गुरुङ, प्रतिमा गुरुङ, खड्गजंग गुरुङ,  होमबहादुर गुरुङ, र गौतम गुरुङ सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्ष पदम गुरुङले नेपाली बुलेटिनसँग कुराकानी गर्दै सम्पूर्ण गुरुङहरुलाई एउटै छातामूनि ल्याउन तमु एकताको लागि पहलकदमी गर्ने जिकिर गरे । सम्पूर्ण गुरुङहरुलाई एकै ठाउँमा ल्याउने नै तमु सोसाइटीको पहिलो जिम्मेवारी रहेको उनको भनाई थियो ।

मेख गुरुङ, मिरा गुरुङ र नारायण गुरुङको निर्वाचन समितिले नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरेको सोसाइटीले जनाएको छ । यसैबीच नवनिर्वाचित अध्यक्ष पदम गुरुङले नेपाली बुलेटिनसँग कुराकानी गर्दै सम्पूर्ण गुरुङहरुलाई एउटै छातामूनि ल्याउन तमु एकताको लागि पहलकदमी गर्ने जिकिर गरे । सम्पूर्ण गुरुङहरुलाई एकै ठाउँमा ल्याउने नै तमु सोसाइटीको पहिलो जिम्मेवारी रहेको उनको भनाई थियो ।