You are here
Home > अर्थ/बजार > गुल्मीमा भएको माइक्रो दुर्घटनामा ११ को मृतु ६ घाइते

गुल्मीमा भएको माइक्रो दुर्घटनामा ११ को मृतु ६ घाइते

१३ कार्तिक २०७४, सोमबार १५:२२

गुल्मी |
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो बस तम्गास देखि २० किलो मिटर पर बिरबासमा दुर्घटना भएको हो । तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नं को माइक्रो बिहान गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार दुर्घटनामा चालक सहित ११ जनाको मृत्यु र ६ जना घाइते भएको छ । बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास गएको थियो ।

बजार र बन्द्रखुट्टाको बिचमा पर्ने कुसेंद्रो फाल्ने भन्नेमा दुर्गटना भएको जानकारी स्थानीय सुजु मगरले दिनुभएको हो । बिपरित दिशाबाट आएको जिप संग छेउमा परेको र जिपले ठक्कर दिदा भीरबाट तल खसेको उहाँले जानकारी दिएका हुन् ।

घुम्तीबाट उछिट्टिएको जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार चालकसहित घटनास्थलमै ६ र उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमै ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको र प्रहरी अनि स्थानीयवासीहरु उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभएको छ।

घटनामा छत्रदेव गाउँपालिका-७ भगवती अर्घाखाँचीका ४३ वर्षीय रामप्रसाद पाण्डे, मालिका गाउँपालिका-६ अर्जैका २५ वर्षीय लालबहादुर मुखिया, इश्मा गाउँपालिका-१ हस्तिचौरकी यमुना मरासिनी, इश्मा गाउँपालिका-२ दर्लामचौरका ४५ वर्षीया रुमी नेपाली, इश्मा गाउँपालिका-६ अमरपुरका २५ वर्षीय डिलबहादुर कुमाल, मुसिकोट नगरपालिका-३ बडागाउँकी ५२ वर्षीय मानकुमारी थापा, ब्रिटिस सेनामा कार्यरत बुटवलका केशबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक अनुरागकुमार द्वेवेदीले बताए ।

घटनामा माइक्रो जिप चालक रेसुंगा नगरपालिका १० सिमिचौरका भीमबहादुर घर्ती मगर र रुरु गाउँपालिका-६ रिमुवाकी सुमित्रा दर्लामीको उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको थियो । घाइते ८ मध्ये २ बालिकाको मिसन अस्पताल र अन्य ६ जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ । उपचारका लागि पठाइएका घाइतेमध्ये थप १ को अवस्था गम्भीर छ ।

यस्तै उपचारको क्रममा मालिका गाउँपालिका-७ का १९ वर्षीय सुमन कार्की र इश्मा गाउँपालिका-६ अमरपुरका २४ वर्षीय बीरबहादुर कुमाल रहेका छन् ।

बस नदेखिएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।