You are here
Home > राजनीति > माअाेबादि केन्द्र र एमालेले गरे भक्तपुरमा संयुक्त कार्यक्रम

माअाेबादि केन्द्र र एमालेले गरे भक्तपुरमा संयुक्त कार्यक्रम

१४ कार्तिक २०७४, मंगलवार १३:२९

भक्तपुर |

माअाेबादि केन्द्र र एमालेले अाज भक्तपुरकाे याे याे पार्टि प्यालेसमा संयुक्त कार्यकर्ता भेला अायाेजना सम्पन्न गरेकाे छ । कार्यक्रम संयुक्त रुपमा अाम कार्यकर्ता काे भेलालाई सम्बाेधन गर्दै दुबै पार्टिका नेताहरुले अा-अाफ्नाे बिचार प्रकट गरेका थिए ।

कार्यक्रममा बाेल्दै पुर्व उधोग मन्त्रि महेस बस्नेतले यहि १६ गते उम्मेदवार दर्तापछि भक्तपुरमा जितकाे घाेषाणा गरिदिए हुन्छ, भनेका थिए । बाम तालमेलले भक्तपुरमा मात्र नभएर देशैभरि जित्ने र ताल मेलले २ तिहाई सिट जित्ने समेत बताए। उनले भक्तपुरमा कांग्रेश निषेधित क्षेत्र भएकाे समेत बताए ।

मन्त्रि बस्नेतले भने, ‘जनताले अब एक महिना सहयाेग गर्नुस । हामि तपाईहरुलाई पांच बर्ष सहयाेग गर्छाै’ उनले भने, ‘जित हाम्रो निश्चित छ । भक्तपुरलाई उपत्यकाकाे नमुना जिल्ला बनाउने छों।’

त्यसैगरि माअाेबादि केन्द्रका भक्तपुर ईन्चार्ज देबेन्द्र श्रेष्ट दिबाकरले कार्यक्रमलाई सम्बाेधन गर्दै भने, ‘भक्तपुरमा पटक पटक संघर्ष गर्दै असफल भएपनि बाम तालमेलले उर्जा लिएकाे र यसपाली जित निस्चित हुन्छ।’ उनले भने, ‘बारम्बार फुटदै जुटदै गरेका कम्युनिष्टहरु अब अागामि बाम तालमेललाई भने कसैकाे तागतले राेक्न सक्दैन ।’

उहाले बारम्बार अाफुमात्र कम्युनिष्ट भनेर ढांव्वाङ फुक्ने नेपाल मजदुर किसान पाटि यसपटक देखि सखाप हुने कुरामा जाेड दिदै उक्त पार्टिका अध्यक्ष नारायणमान बिजुक्क्षलाई पनि यदि सांच्चिकै कम्युनिष्ट हाे भने याे बाम तालमेलमा अाउन अाग्रह गर्दै अाफुहरु बिजुक्क्ष ज्युलाई फुलमाला लिएर कुरिराखेकाे समेत श्रेष्टले बताए।

अब सगरमाथाकाे देशमा लाल झण्डा मात्र फरफराउने र अागामि हुनगैरहेकाे चुनाबमा सम्पुर्ण कार्यकर्तालाई बामतालमेलकाे कुरालाई चिन्तन मनन गर्दै चुनाबमा खटन समेत निर्देशन दिए।

त्यसैगरि नेकपा एमालेका ईन्चार्चले बिजुक्क्ष सामन्तबादि रसंसाेधनबादि भएकाले चुनाबपछि उनि पत्तासापहुने समेत बताए। माअाेबादि केन्द्रका कार्यालय सदस्यले सपना देख्नेहरुकाे बिचमा एकता भएकाे, धेरै पहिले नै नेताहरुकाे दिमागमा याे बामतालमेलकाे कुराले घन्टि बजाउनु पर्थ्याे तर ढिलै भएपनि अब राष्ट सफल बनाउन सबै मिलि अगाडि बढनु पर्ने बताए।

कार्यक्रम संचालक तथा माअाेबादि केन्द्रका संयाेजक डिपि ढकालले भक्तपुर उपत्यकाकाे कर्णाली भएकाेले यसलाई उपत्यकाकै भक्तपुर बनाउन सबैकाे ध्यान जानुपर्ने बाताउनु भएको थियो ।