You are here
Home > कला > ‘ऐश्वर्य’ चलचित्रले दर्शकको राम्रो साथ पाए

‘ऐश्वर्य’ चलचित्रले दर्शकको राम्रो साथ पाए

१४ कार्तिक २०७४, मंगलवार १३:५३
काठमाडौ |
कार्तिक ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ले दर्शकको राम्रो साथ पाएको छ । बिहिबारबाट प्रदर्शनमा आएको चलचित्रले पाँच दिनमा २ करोड ३४ लाखको ग्रस कलेक्सन गरिसकेको चलचित्रको निर्माण पक्ष बताउँछ ।रमेश उप्रेतीले पछिल्लो समय चलचित्र निर्माणमा डेब्यु गरेको चलचित्रलाई दर्शकले रुचाएका छन् । बिहिबार चलचित्रको निर्माण टीमले आयोजना गरेको बिशेष शोमा बिभिन्न चलचित्रकर्मीहरुले चलचित्रको राम्रो प्रशंशा गरेका छन् ।चलचित्रको मध्यान्तर पश्चात कथामा प्रवेश गरेकी ‘रानी’ नायिका केकी अधिकारीले ऐश्वर्यमा सम्पन्न परिवारको प्रतिनिधित्व गरेकी छिन् । केकीको प्रवेश पश्चात चलचित्र एकदमै रोमाञ्चक मोडमा पुग्छ । बालापन र जिद्दी स्वभावमा अल्लारे केटीको भूमिकामा प्रस्तुत भएकी केकीले आफ्नो भुमिकाको लगि एकदमै मेहनत गरेकी छिन् ।नायक रमेश उप्रेतीको एक्सन बाट प्रभावित केकी रमेशलाई नै आफ्नो ‘ड्रिम ब्वाई’ मान्छिन् र एकतर्फी माया गर्न थाल्छिन् । केकीले आफ्नो मायालु भाव पटक–पटक ब्यक्त गर्दा पनि नायक रमेश उप्रेतीले उनलाई वास्ता गर्दैनन् । लगातारको बेवास्तापछि केकीले बालापन र जिद्दीपनयुक्त ब्यवहार देखाउँछिन् । जसको कारणले रमेशको हरेक काममा बाधा परिरहेको हुन्छ । आफ्नो कामहरुमा बाधा भएपछि रमेशले केकीलाई उनको बुवाको जिम्मा लगाएर छोरीलाई सम्हाल्न निर्देशन दिन्छन् । अन्त्यमा बिवाहको दिन नजिकिदैँ जाँदा नायक रमेश उप्रेती भिलेनको फन्दामा पर्छन । त्रिकोणात्मक प्रेम कथा रहेको चलचित्र ‘ऐश्वर्य’मा केकीको अभिनय दमदार छ । एउटा प्रेमील पात्रलाई उनले राम्रोसँग न्याय गरेकी छिन्

नायिका केकी अधिकारीको भुमिकालाई चलचित्रका समिक्षकहरुले एकदमै राम्रो प्रतिक्रिया दिएका छन् । कतिपय समिक्षकहरुले केकी अधिकारी आएपछिको भागमा भने फिल्म रोमाञ्चक रहेको समेत बताउन भ्याएका छन् ।