You are here
Home > प्रवास > जनमत संग्रहबाट स्वतन्त्रताको बाटो खुला

जनमत संग्रहबाट स्वतन्त्रताको बाटो खुला

१६ आश्विन २०७४, सोमबार ०२:३७

क्याटेलियन नेता कार्लेस पुइगदिमोन्टले मतमत संग्रहले स्पेनबाट अलग हुने बाटो खुला गरिदिएको बताएका छन् । उनले सरकारी दमनका बीच ९० प्रतिशत मतदाताले स्वतन्त्रताको पक्षमा मतदान गरेको दाबी गरे । तर यो जनमतसंग्रहलाई सरकारले असंवैधानिक घोषित गरेको छ । स्पेनको संवैधानिक अदालतले पनि जनमत संग्रहलाई असंवैधानिक कदम भनेको छ ।

क्याटेलियनहरुले एकपक्षीय रुपमा गराएको जनमत संग्रह रोक्न सरकाले ठूलो शक्ति प्रयोग गरेको थियो । जनमत संग्रहका क्रममा सुरक्षाकर्मी र क्याटेलियनहरुबीच ठाउँठाउँमा झडप भएको थियो । त्यस क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएका थिए । सयौं व्यक्तिलाई सरकारी सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिएका छन् भने जनमत संग्रहका लागि राखिएका ब्यालेट बक्ससमेत नियन्त्रणमा लिएका थिए ।