You are here
Home > अर्थ/बजार > एसएलसी फेल भएर के भो ? किस्मतमा पीएचडी होल्डरलाई जागिर खुवाउंन लेखेको रहेछः चन्द्र ढकाल

एसएलसी फेल भएर के भो ? किस्मतमा पीएचडी होल्डरलाई जागिर खुवाउंन लेखेको रहेछः चन्द्र ढकाल

१६ आश्विन २०७४, सोमबार ०५:२०

आमनेपालीले चन्द्र ढकाललाई नचिन्न सक्छन् तर उनी अध्यक्ष रहेको ‘आईएमई’ लाइ नचिन्ने नेपाली कमै छन् । विदेशमा बस्नेले अधिकांशले आफुले कमाएको पैसा आइएमई मार्फत पठाउँछन् । छोटो समयमा नै राम्रो प्रगती गर्ने धेरैलाई रोजगारी दिने र रेमिट्यान्स भित्र्याउने कम्पनीका मालिक चन्द्र कुनै कथाका नायक झै लाग्छन । एकपटक एसएलसी फेल भएका, आईकमको परिक्षामा अर्काले चोरेको चिटमा चासो राख्दा पुरै परिक्षा रद्ध गरिएका चन्द्र ढकाल वाणिज्य बैङकका सहायक थिए ।अहिले उनी देशकै ठुलो बैङक मध्येको एक ग्लोबल आईएमईका अध्यक्ष हुन् ।

उनको जलबिद्युत, आयात, निर्यात, कार्गो, पर्यटनजस्ता क्षेत्रमा धेरै उद्योग ब्यावसाय छन् । अहिले उनी चन्द्रगिरि हिल्स कम्पनी मार्फत काठमाण्डौको पश्चिम दक्षिण पहाडमा केवलकार कुदाउने नेपाली मध्येका एक हुन् ।म पहिलो पल्ट एसएलसी फेल भएको केटो हुँ । गाउँको स्कुलमा कक्षा ४ देखि अङग्रेजी पढाइ हुन्थ्यो । मेलै अङग्रेजी राम्रोसँग टिप्न सकिँन । त्यसैले फेल भए । आइकम ज्वाईन गरेपछि पढाईमा राम्रोसंग मेहनत गरेको थिए । तर अगाडि बस्ने साथीले चिट चोरीरहेको थियो । किशोर उमेरमा त्यस्तो हुन्छ नै । म उसले लेखेको चियाउँदै थिएँ । हामी दुवै समातियौं ।

रिजल्ट आउँदा सबै विषयमा शून्य नम्बर आएको रहेछ । त्यही दिनदेखि अरुको कुरामा विश्वास गर्नुहुँदो रहेनछ भन्ने लाग्यो । पढाईमा म मध्यम विद्यार्थी थिएँ । यती मिहेनत गर्ने बानीकै कारण वाणिज्य बैंकमा सहायकमा नाम निकाले, जबकी मेरो पढाई उति राम्रो होइन ।मलाई एसएलसी फेल हुन्छु जस्तो लागेको थिएन । फेल भएपछि २०४० सालमा रिटोटलिङ गर्न काठमाडौं आएको थिएँ । यहाँ आफ्नै गाडी चढ्ने मानिसहरु देख्दा अचम्म लाग्थ्यो । काठमाडौंमा घर हुने मानिस निकै धनी हुँदा हुन् भन्ने लाग्थ्यो । त्यही बेलाको अर्को घटना पनि सम्झना आउँछ । दोस्रो श्रेणीमा उत्तीर्ण गरेपछि एउटा निर्माणाधीन घरमा मामाहरुसाँंग डेरा लिएर बसेको थिएँ । त्यो घरमा वाइरिङ भैसकेको थिएन ।

एक दिन चोर घरभित्र पसेर मैले कलेज जान किनेको लुगा, ब्याग, पैसा सबै चोरिदिएछ । किताबचाहिँ पर लगेर फालेछ । भोलिपल्ट त लगाउने लुगा समेत भएन । त्यति बेला मलाई जीवनको सर्वस्व नै गयो भनेझैं लागेको थियो । अहिले सम्झँदा हाँसो उठ्छ । एउटा राम्रो जागीर खाने परिवार पाल्ने मात्र थियो । जीवनको न्युनतम आवश्यकता पुरा होस् भन्ने थियो ।म वाणिज्य बैंकको विशालबजारस्थित शाखामा काम गर्थैं । त्यहाँ व्यबसायीहरु व्यबसायिक कारोवार गर्न आउनुहुन्थ्यो । त्यहाँ व्यापारीहरुको संगतबाट के थाहा भयो भने व्यबसाय गर्ने हो भने राम्रो कमाई हुन्छ ।

म अरुजस्तो १०–५ को जागिर सकेर घर जाने प्रवृत्तिको थिइनँ । थप काम पनि गर्थे । त्यो बेला नेपाली माल सामान बिदेश पठाउँन राम्रो कार्गोको सुविधा छैन भन्ने कुरा आयो त्यसैले त्यही खोलेँ । त्यसले राम्रो प्रगति गर्दै जाँदा मलाई पैसाको आवश्यकता पनि पर्दै गयो मैले आफैंले काम गर्ने बैंकमा ऋण पाऊँ भनी आवेदन दिएँ । हाकिमले ऋण लिएर ब्यापार गर्ने हो भने जागिर छाड्ने सुझाव दिनुभयो । मैले उहाँको कुरा स्वीकार गरेँ ।मजस्तो सामान्य मान्छेको आड त्यही जागिर थियो । त्यो जागिर छाड्नुपर्दा केही दिन त असाध्यै पीडा भयो । मैले जीवनमा रिस्क लिन सक्नुपर्छ भन्ने सुनेको थिएँ । त्यसलाई आफ्नै जीवनमा उर्तान मन लाग्यो ।

संयोगवश म सफल भएँ । प्रगति गर्न रिस्क लिनुपर्छ । यद्यपी रिस्क लिनेबित्तिकै सबै सफल हुन्छन् भन्नेचाहिँ होइन ।त्यसो त होइन । म कुन काम गर्दा बढीभन्दा बढी मानिसले सुविधा पाउँछन्, मानिसलाई के कुराको आवश्कता छ भन्ने कुरा सोचिरहन्छु । त्यतिबेला विदेशमा बस्ने नेपालीहरुका लागि पैसा पठाउने भरपर्दो माध्यम थिएन । यही कुरा बुझेर मैले रेमिट्यान्स कम्पनी खोलेको थिएँ । यो ठाडै पैसाको कारोबार थियो । यसका लागि अरु बैंकको साहरा लिनुपथ्र्यो । वित्तिय क्षेत्र फराकिलो भएपछि ‘क’ वर्गको बैंक खोल्नुपरेको हो । पछि राष्ट्र बैंकले एउटै प्रकृतिको दुई संस्था खोल्न नपाइने नियम ल्याएपछि आइएमई र ग्लोबल बैंकलाई गाभेको हुँ । म पुरानो कुरा सम्झेर बस्ने मान्छे होइन । जस्तो अवस्था आउँछ, त्यसैलाई अवसर बनाउनुपर्छ र मेहनत गर्नुपर्छ भनेर हरेक घटनालाई सकारात्मक रुपमा हेर्ने मान्छे हुँ ।

अहिले चन्दागीरिमा केबलकार चलिसकेको छ । त्यहां केबलकार चलाउने मात्र होइन, फोर डी सिनेमा भवन, रेस्टुराँ, रिसोर्ट, युवाहरुका लागि घुम्ने ठाउँ, बालबालिकाका लागि खेल्ने ठाउँ, पाका र आस्तिकहरुका लागि मन्दिर निर्माण आदि सबै काम एकसाथ भैरहेको छ । अब केही महिनामै यो पूर्ण रुपमा सञ्चालनमा आउँछ । त्यसपछि अरु कुरा सोच्नुपर्छ । जीवनमा केही न केही काम गरिरहनुपर्छ भन्ने मान्यता भएकाले केही त अवश्य नै गर्छु ।

नेपालमा जलविद्युत् र पूर्वाधारको विकास अहिलेको आवश्यकता हो । हामीले गैरआवासीय नेपालीहरुको साथ लिएर जलविद्युत् निर्माण गरिरहेका छौं । यसबाट हामीले जलविद्युत्को भित्री पाटो पनि बुझ्ने मौका पाएका छौं ।

यो प्रोजेक्ट सफल भयो भने हामी अरु बृहत आयोजनामा हात हाल्न सक्छौं । विदेशमा बस्ने हजारौं नेपालीले नेपालमा उहाँहरुको पैसालाई विश्वसनीय तरिकाले लगानी गरिदिने संस्था खोजीरहनुभएको छ र तीमध्ये हामी पनि एक हौं भन्ने लाग्छ, तर कसैको प्रतिफलको आशा राखेर लगानी गरेको हुन्छ भने त्यसको ग्यारेन्टी हामीले गरिदिनुपर्छ ।जीवनभर काम गर्ने हो । काम गर्दै जाँदा समयले जहाँ पु¥याउँछ, खुसीले त्यही पुग्नुपर्छ । म काम नगरी बस्न सक्दिन । यो बानीले कतै न कतै त अवश्य लग्ला । मेरो भाई हेमराज(रामु) र मेरो सोचलाई व्यबहारमा उतार्ने सहकर्मीहरुलाई बढी सम्झन्छु ।

(साप्ताहिकबाट)

  • 74
    Shares