You are here
Home > कला > प्रमिला राईले आफ्नो नयाँ गीत पहिलो पल्ट कोरियाको स्टेजमा गाउँदै (भिडियो सहित)

प्रमिला राईले आफ्नो नयाँ गीत पहिलो पल्ट कोरियाको स्टेजमा गाउँदै (भिडियो सहित)

१६ आश्विन २०७४, सोमबार ०९:३८

कोरिया |

एपि वान टि भि बाट प्रसारित रियालिटी शो “नेपाल आइडलकी” टप सेभेन प्रमिला राइले आफ्नो नयाँ गीत पहिलोपटक स्टेजमा गाउने भएको छ । “कान्छा हौ…” बोलको गीत प्रमिलाले कोरियाको स्टेजमा पहिलो पटक प्रस्तुत गर्ने बतायकी छिन् ।

प्रमिलाको नयाँ गीतमा शब्द संगीत प्रताप लामाको रहेको छ भने, गोपाल रसाइलिले एरेन्ज गरेका छन्। निकै नै मनोरञ्जननात्म गीत प्रमिला राइले आफ्नै युट्युब च्यानल बाट गत शनिबार मात्र रिलिज गरेकी हुन्। “कान्छा हौ को..” भिडियो पनि दर्शकले निकै मन पराएका छन् |

उक्त भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छ्न् भने, सिमा गुरुङको मेकअप रहेको छ। सन्तोष राजबाहकको कोरियोग्राफरमा सुदित श्रेष्ठ र रक्षा श्रेष्ठको अभिनय हेर्न सकिन्छ। भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छ्न भने  पासान योञ्जन लामाको निर्देशन रहेको छ।

किरात याक्थुङ चुम्लुङद्वारा छुसकको अवसरमा आयोजित “सिरिजङ्गा सांगीतिक सौगात भाग ४” का लागि प्रमिला अहिले कोरिया गएकी हुन् । राईसँगै गायक राजनराज सिवाकोटी, गायिका ज्योती मगर, गायक कुशल थलङ, डान्सर चन्दा दहाल र मोडल तथा कार्यक्रम संचालिका सिर्जना निङ्लेखुको प्रस्तुति रहने छ।