You are here
Home > राजनीति > प्रदेश न. ३ काे राजधानी भक्तपुरकाे सांघादेखि पांचखाल वरिपरी बनाउन नेता र डनहरुको चलखेल

प्रदेश न. ३ काे राजधानी भक्तपुरकाे सांघादेखि पांचखाल वरिपरी बनाउन नेता र डनहरुको चलखेल

१६ आश्विन २०७४, सोमबार १४:०२

काठमाडौं |

प्रदेश न. ३ काे राजधानी कुन ठाउँमा हुने कुरामा अहिलेसम्म बाहिर नआएपनि आन्तरिक रुपमा भक्तपुरकाे सांघादेखि पांचखालको बिचमा हुने पक्का भएको छ । राजनैतिक दलका नेताहरुले ठोस निर्णय दिन नसकेपनि अान्तरिक रुपमा मन्त्रि, नेता र डनहरु बिचमा सहमति भएको हुनाले भक्तपुरकाे सांघादेखि पांचखालको बिचमा नै हुनसक्ने पक्कापक्कि भएको हो।

चुनाब नजिकिदै गर्दा ‘चुनाबमा भाेट घटनसक्छ’ भनि अाधिकारिक धारणा नराखेपनि अान्तरिक सहमति भने, राजनैतिक दलहरुले अा-अाफ्नै स्वार्थमा राजधानी वरिपरी नै बनाउन लागि परेकाे कुरा बाहिर अाएकाे छ ।

कांग्रेसका नेता शिब हुमागाई, काभ्रेका सभासद तिर्थ लामा, कांग्रेस कै नेता हाल संचारमन्त्रि रहेका मोहन बस्नेत, माओबादी केन्द्रका नेता सूर्यमान दोङ र हाल मधेसिजन अधिकार फाेरम लाेकतान्त्रिकमा सक्रिय नेता तथा डन गणेश लामा लगायत धेरै जना नेताहरु बनेपाको एक होटलमा बैठक बसी भक्तपुरकाे सांघादेखि पांचखालको बिचमा नै टुंगो लगाएको कुरा नाम नबताउने सर्तमा एक नेताले नेपालन्यूजलाई  जानकारी दिएका छन ।

भक्तपुरकाे सांघादेखि काभ्रेाकाे पांचखाल नै सबैलाई सहज र पाईक पर्ने भुगोल भएको हुँदा ३ न. प्रदेशको  राजधानि सोहि ठाउँमा नै हुनसक्ने नेताहरुकाे ठम्याई छ। अागामि चुनाबि रणनिति अनुसार एमालेले भने उपत्यका भित्रनै हुने जिकिर गरेकाे एक नेता बताउछन भने, माओबादी केन्द्रले राजधानि चितवनमा हुनसक्ने बताएका छन तर, याे चुनाबि रणनिति मात्र भएकाे भन्ने बुझिन्छ ।

माअाेबादि केन्दका अध्यक्ष प्रचण्ड र रामबहादुर थापा बादल चितवन बाट उठने पक्कापक्कि भएपछि चितवनबासिले उनिहरुलाइ प्रदेश राजधानी बनाउन माग राखेकाे अान्तरिक श्राेतबाट बुझ्न अाएकाे छ ।

राजधानी देखि पुर्बिबेल्टका सबै नेताहरु सांघादेखि पांचखालसम्म बनाउन सहमत भएपनि पश्चिम र दक्षिणमा पर्ने नेताहरु यो कुरामा सहमत देखिदैनन। ३ नं प्रदेश भित्र काठमाण्डाै, भक्तपुर, ललितपुर, काभ्रे, रसुवा, नुवाकाेट ,धादिङ, चितवन, रामेछाप, सिन्धुपाल्चाेक,सिन्धुलि,गाेरखा,दाेलखा, अादि जिल्लाहरु पर्दछन।