You are here
Home > राजनीति > यस्तो छ ओली, दाहाल र भट्टराईले हस्ताक्षर गरेको ६ बुँदे सहमतिपत्र

यस्तो छ ओली, दाहाल र भट्टराईले हस्ताक्षर गरेको ६ बुँदे सहमतिपत्र

१७ आश्विन २०७४, मंगलवार १३:१८
काठमान्डौं |
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी चुनावमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्नेसहित बुँदे सहमति भएको छ। निर्वाचनमा तालमेलसँगै पार्टी एकता गर्न ८ सदस्यी पार्टी एकता संयोजन समिति गठन गर्ने निर्ण भएको छ। सो समितिमा एमालेबाट ४, माओवादीबाट ३ तथा नयाँशक्तिबाट एक सदस्य रहनेछन्। संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड प्रमुख नेताका रुपमा रहनेछन्।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच ६०-४० प्रतिशतको अनुपातमा उम्मेदवारी दिने सहमति पनि भएको छ। निर्वाचन क्षेत्र र उम्मेदवार सहमतिबाटै टुंगो लगाउने सहमति पनि भएको छ।

पार्टी एकता प्रक्रिया जारी रहँदा एकअर्काविरुद्ध तिक्त टिप्पणी नगर्ने सहमति पनि तीन पार्टीबीच भएको छ।

पत्रकार सम्मेलनमा वाचन गरिएको सहमतिपत्रबारे चुनावी सरकारीबारे केही भनिएको छैन।

समाजवादको आधार तयार गर्न एमाले–माओवादी–नयाँ शक्ति एकता आवश्यक परेको सहमतिपत्रमा उल्लेख छ।