You are here
Home > राजनीति > वाम एकाताले अब नयाँ कार्यक्रम थाल्ने-ओली

वाम एकाताले अब नयाँ कार्यक्रम थाल्ने-ओली

१८ आश्विन २०७४, बुधबार १३:४६
काठमाडौं |
एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम एकताले अब नयाँ कार्यक्रम थाल्ने कुरा बताएको छ। दसैं तिहार र छठको अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना र पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सूर्य चिह्नप्रति अन्य दलहरु पनि आकर्षित भएर मधेसवादी दल पनि प्रवेश गरेकोमा ओलीले गर्व गरे। नयाँ शक्ति पनि सूर्य चिह्नमा चुनाव लड्ने बताउँदै माओवादी केन्द्रले पनि मंसिर सम्म सायद सूर्य चिह्नमा चुनाव लड्न सक्ने विश्वास व्यक्त गरे।
‘काग्रेस पार्टी भनेको हिजोको परिवर्तनका लागि आवश्यक रहेको तर, अब भने उसको अस्तित्व सकिएको’ उनले भने, ‘कांग्रेस थोत्रिएको मोटरसाइकलको कबाड हो, यसलाई माया गरेर के गर्ने ? टायर फेरिएन कि, ट्युब तालिएन कि, हावा भरिएन कि, कांग्रेसलाई सुधार्न धेरै प्रयास गरियो तर, जहिले पनि कबाडले लान्छ।’ उनले भने, ‘कांग्रेसको नीति छैन, हिजो बिपी गणेशमान थिए आज कोही छैन, राणा शासन पनि गयो, राजतन्त्र पनि गयो, अब कांग्रेस पनि जान्छ।’
कांग्रेसले आफ्नो इतिहास छ भन्ला तर, इतिहास त राणाको र राजतन्त्रको पनि छ भन्दै ओलीले कांग्रेस संग इतिहास मात्र बाँकी रहने दाबी गरे। उनले कांग्रेसको मुख्य गल्ती राष्ट्रियताको मुद्दामा उभिन नसक्नु आरोप लगाए। उनले भने, ‘कांग्रेसलाई शुभलाभ चाहिएको छ। माइतीघर फिल्मको गीत जस्तै यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु।’
केही व्यक्तिले अब एमाले एक्लियो भन्नु एक्कासि वाम एकता भयो भनेर झस्किनु जस्तै भएको बताए। मंसिरपछि बहुमतमा सरकार बन्ने र बाम एकताले देश बनाउने अभियानमा लाग्ने पनि उनले बताए।