You are here
Home > खेलकुद > विश्वकप छनोट खेल्न र एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले अब बाँकी चार खेल जित्नैपर्ने

विश्वकप छनोट खेल्न र एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले अब बाँकी चार खेल जित्नैपर्ने

१८ आश्विन २०७४, बुधबार १४:२०

विश्वकप छनोट खेल्न र एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले अब बाँकी चार खेल जित्नैपर्ने हुन्छ। लगातार चार खेल जिते १६ अंकका साथ नेपाल स्वतः छनोटमा पुग्नुका साथै एकदिवसीय मान्यता प्राप्त गर्नेछ।

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत छैठो चरणको हङकङविरुद्धको निकै महत्वपूर्ण खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट टियु क्रिकेट मैदानमा अन्तिम तयारी थालेको हो ।

डब्लुसिएलमा विगतका पाँच चरणमा नेपालले १० खेल खेल्दा ४ मा जित र ६ मा हार व्यहोरेको थियो। कुल ८ अंक जोडेको नेपाल हाल अंक तालिकाको छैठौँ स्थानमा छ।

अंकतालिकाको शीर्ष चार टोलीले आगामी वर्ष बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने मौका प्राप्त गर्नुका साथसाथै चारवर्षका लागि एकदिवसीय मान्यता पनि प्राप्त गर्नेछन्।