You are here
Home > राजनीति > ४४ बर्षपछि रुकुमकोटले पायो जिल्ला सदरमुकाम

४४ बर्षपछि रुकुमकोटले पायो जिल्ला सदरमुकाम

१९ आश्विन २०७४, बिहीबार ११:३७

काठमाडौ |

रुकुमकोटले ४४ बर्षपछि जिल्ला सदरमुकाम पाएको छ । केही बर्ष जिल्ला सदरमुकाम बनेर खोसुवामा परेको रुकुमकोटले नयाँ संविधान बने लगतै रुकुम दुई जिल्लामा बिभाजन भएको थियो । फेरी पु:न १९ असोजका दिन रुकुमकोटमा जिल्ला सदरमुकाम स्थापना गरिएको छ ।

नयाँ जिल्ला पूर्वीरुकुमको सदरमुकाम रुकुमकोटमा बिहिबार बिभिन्न सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका संरचनाको उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विधिवतरुपमा रुकुमकोटमा जिल्ला सदरमुकाम स्थापना भएको घोषणा गर्नुभएको छ । उहाँले भने, ‘जनताको माग अनुसार नै रुकुम २ जिल्लामा विस्तार भएको  हो । रुकुमलाई २ जिल्लामा विस्तार गर्दा आफुलाई केहीले विखण्डनवादी भनेर आरोप लगायको र आफु जहिले पनि जनताको चाहनामा अडिग भएर लागेका कारण आज पूर्वि रुकुम जिल्ला बन्न सम्भव भएको छ।’

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट पुगेका पूर्व आपुर्तिमन्त्री गणेशमान पुन मगरले भने, ‘ठुलो संघर्षपछि पूर्वि रुकुम जिल्ला बनाउन सम्भव भएको र अव सबैको ध्यान यो जिल्लालाई नमूना बनाउन तर्फ लाग्नुपर्छ।’ उहाँले भने, ‘यो जिल्लालाई हरेक विकास निर्माण तथा मानव संशाधनमा नमूना जिल्ला बनाउने जिम्मेवारी सबैको काँधमा आईपुगेको सांसद पुनको भनाई छ ।

२०३० सालमा रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम बलजफ्ती रुकुमकोटबाट मुसीकोट सारिएको थियो ।