You are here
Home > बिचार/अन्तरबार्ता > सच्चा कम्युनिष्टहरुका वीचमा पार्टी एकता गर्न आह्वान- मोहन वैद्य (किरण)

सच्चा कम्युनिष्टहरुका वीचमा पार्टी एकता गर्न आह्वान- मोहन वैद्य (किरण)

१९ आश्विन २०७४, बिहीबार १३:५३

काठमाडौं ।

सच्चा कम्युनिष्टहरुका वीचमा पार्टी एकता गर्न नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्य (किरण) ले आह्वान गरेका छन् । सच्चा देशभक्त र प्रगतिशीलहरुका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा क्रान्तिकारी कम्युनिष्टहरुका वीचमा पार्टी एकता गर्न सबै पक्षसित जोडदार आह्वान गरेका हुन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिका वीचमा पार्टी एकताका लागि भएको पहलबारे अध्यक्ष वैद्यले आफ्नो धारणा सार्वजनिक गर्दै तीन वाम बीचको गठबन्धनलाई देश, जनता, सच्चा कम्युनिष्ट पार्टी र सच्चा वामपन्थीहरुका विरुद्धको गठबन्धन बताएका छन् ।

अध्यक्ष वैद्यले पछिल्लो तीन पार्टीबीचको वाम गठबन्धनले ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको भन्दै संयुक्त मोर्चा र क्रान्तिकारी एकताको निम्ति आव्हान गरेको हो ।

उहाँको प्रेश वक्तव्य

“यही आश्विन १७ गते नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नयाँ शक्तिका वीचमा पार्टी एकताका निमित्त भएको ६ बुँदे सहमतिको सार्वजनिक गरिएको घटना नेपालको राजनीतिमा एउटा चर्चाको विषय बनेको छ । यसबारे हाम्रो पार्टीको प्रारम्भिक धारणा निम्न अनुसार रहेको छ ः यो गठबन्धनलाई जसरी “कम्युनिष्ट एकता” वा “वामपन्थी एकता” भन्ने प्रचार गरिएको छ, त्यो बिल्कुल गलत हो । दक्षिणपन्थी बाटो हुँदै प्रतिकृयावादी कित्तामा गैसकेका यी शक्तिहरुको एकता वास्तवमा एउटा दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनाउने प्रयास हो । वास्तविक रुपमा यो देश, जनता, सच्चा कम्युनिष्ट पार्टी र सच्चा वामपन्थीहरुका विरुद्धको गठबन्धन हो । यो एकताले एमालेको कथित देशभक्तिको र माओवादी केन्द्रको माओवादी जनयुद्धको आफू कथित उत्तराधिकारी भएको भन्ने मकुण्डोलाई उतारिदिएको छ र उनीहरुको सक्कली चरित्र उदांग भएको छ । यसबाट सच्चा देशभक्त र प्रगतिशीलहरुका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुका बीचमा पार्टी एकताका पक्षमा ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको छ । यस स्थितिमा यो दक्षिणपन्थी र प्रतिकृयावादी गठबन्धनको भण्डाफोर गर्दै देशभक्त र क्रान्तिकारी शक्तिका वीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिष्टहरुका वीचमा पार्टी एकता हासिल गर्नका लागि हामी सम्बन्धित सवै पक्षसित जोडदार आह्वान गर्दछौं ।”

झिल्को