You are here
Home > खेलकुद > भारत र बंगलादेश नेपालको समुहमा

भारत र बंगलादेश नेपालको समुहमा

१५ कार्तिक २०७४, बुधबार ०३:३७

 

मलेसिया |

नेपालले आफ्नो पहिलो खेल बंगलादेश संग ११ नोभेम्बरमा खेल्ने भएको छ। मलेसियामा नोभेम्बर ९ तारिक देखि सुरु हुने यु-१९ युथ एसिया कपमा बंगलादेश संग नेपालले खेल्ने भएको हो ।

नेपाल समुह ‘ए’ मा रहेको छ  । ८ टिम सहभागी हुने प्रतियोगितामा नेपालको समुहमा भारत, बंगलादेश र मलेसिया पन रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ। नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने छ।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी

प्रशिक्षक : बिनोद दास