You are here
Home > राजनीति > समाजसेवी थापाको स्वतन्त्र उम्मेदवारी

समाजसेवी थापाको स्वतन्त्र उम्मेदवारी

१६ कार्तिक २०७४, बिहीबार १५:३५
ललितपुर ।
ललितपुर क्षेत्र नंः ३ बाट संघिय व्यवस्थापिका संसदका लागि स्वतन्त्र उम्मेदवारमा समाजसेवी गोमा थापाले उम्मेदवारी दर्ता गरेको छ । थापाको उम्मेदवारी दर्तासंगै यतिखेर ललितपुरको राजनीति तरङ्गीत बनेको हो ।

आदिवासी जनजाती समुदायमा सबैकी ‘बहिनी’ उपनामले परिचित थापाको उम्मेदवारी दर्तासंगै चुनाव जित्नका लागि भित्री रूपमा व्यापक कसरत भइरहेको स्थानीय मतदाता थमबहादुर गुरुङले बताउनुभयो । थापाको  स्वतन्त्र उम्मेदवारमा पूर्व मिस नेपाल रुबी राणा प्रस्तावक बसेकी छिन भने, समर्थकमा कुन्ता थापा मगर हुनुहुन्छ ।

ललितपुर क्षेत्र नंः ३ बाट कांग्रेसका तर्फबाट मदनबहादुर अमात्य उम्मेदवार छन् । त्यसैगरी कम्युनिष्ट गठबन्धनबाट माओवादी प्रवक्ता पम्फा भुसाल छिन ।

थापाको निजी सचिवालयका अनुसार उहाँको दुई दशकको समाजसेवाको लगानी नै ललितपुर क्षेत्र नंः ३ भोट बैंक हो । ललितपुरका सबै पार्टीहरुसंग उहाँको समान व्यवहार, आदिवासी जनजाती बीच लोकप्रिय छवि र विभिन्न संघसंस्था प्रति उहाँको योगदानले ललितपुर क्षेत्र नंः ३ मा उहाँको जित सुनिश्चित भएको बताइएको छ ।