You are here
Home > राजनीति > भक्तपुरमा उम्मेदवार दर्ता : बाम गठबन्धनका उम्मेदवारहरुलाई स्थानीयले सगुन दिएर स्वागत (तस्बिर सहित)

भक्तपुरमा उम्मेदवार दर्ता : बाम गठबन्धनका उम्मेदवारहरुलाई स्थानीयले सगुन दिएर स्वागत (तस्बिर सहित)

१६ कार्तिक २०७४, बिहीबार १६:३०

भक्तपुर |

बिशाल  र्‍यालीसहित मनोनयन दर्ता गराउन पुगेका बाम गठबन्धनका उम्मेदवारहरुलाई स्थानीय जनताहरुले सगुन दिएर स्वागत गरेका छन् । भक्तपुरको प्रतिनिधि सभा र प्रदेश सभाका  उम्मेदवारहरुलाई स्थानीय जनताहरुले सगुन दिएर स्वागत गर्नुका साथै जीतको शुभकामना पनि ब्यक्त गरेका थिए ।

प्रतिनिधि सभामा २ वटा निर्वाचन रहेको भक्तपुरमा क्षेत्र नं. १ बाट मिलन सुवाल र २ बाट महेश बस्नेतको उम्मेदवार परेको छ । बाम गठबन्धनको तर्फ बाट निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभामा चागुनारायन क्षेत्र बाट डीपी ढकाल र भक्तपुर नगर क्षेत्रबाट रोमन सिलाकारले उम्मेदवार दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभामा भने सुर्यबिनाय क्षेत्रबाट शशीजङ थापा र ठिमी क्षेत्रबाट राजेन्द्रमान श्रेष्ठले उम्मेदवार दर्ता गराएका छन् ।

गाजाबाजासहित बाम गठबन्धनका उम्मेदवारहरुले उम्मेदवार दर्ता गर्न आफ्ना समर्थक र कार्यकर्ता लिएर निर्वाचन कार्यलय पुगेका थिए ।दुधपाटीस्थित निर्वाचन कार्यलयमा क्षेत्र नं. १ को उम्मेदवारी दर्ता गराएपछि सोहि टोलि क्षेत्र नं. २ को उम्मेदवारी दर्ता कटुन्जे पुगेको थियो ।

मनोनयन दर्ता गराएपछि र्‍याली कोणसभामा परिनत भएको थियो । उक्त सभामा सम्बोधन गर्दै बाम उम्मेदवारले बाम गठबन्धनको मर्मलाई मर्न नदिने प्रतिबदता ब्यक्त गर्दै सिंगो सरकार र समृद भक्तपुरका लागि आफुहरुले उम्मेदवारी दिएको बताए ।