You are here
Home > कला > नायिका केकी अधिकारी र गायक बिनोद राई म्यीजिक भिडियोमा (भिडियो सहित)

नायिका केकी अधिकारी र गायक बिनोद राई म्यीजिक भिडियोमा (भिडियो सहित)

१६ कार्तिक २०७४, बिहीबार १७:३७

काठमाडौ |

‘गुरास झै मुहार…’ बोलको म्यूजिक भिडियो सार्वजानिक भएको छ। भिडियोमा नायिका केकी अधिकारी र गायक बिनोद राईले अभिनय गरेका छन् ।

हाइलाइट्स नेपालबाट सार्वजानिक गरिएको म्यूजिक भिडियो एउटा गाउँले परिवेशमा आधारित कथा रहेको गायक विनोद राई बताए । विनोदले यस भन्दा अघि ‘पारा’ एल्वममा समाविष्ट दुई वटा गीतको म्यूजिक भिडियो ल्याइसकेका छन् ।

विनोद राई आफ्नो गीति एल्वम ‘पारा’मा समाविष्ट गीत ‘गुरास झै मुहार…’ को म्यूजिक भिडियोमा केकी अधिकारीले फिचरिङ गरेका छन् ।प्रकाश आङ्देम्बेको शब्द, बाबु बोगटीको संगीत र मोहित मुनालको एरेन्ज रहेको सो गीतको भिडियोमा केकी अधिकारी अनिल सुब्बा र गायक स्वयं विनोदले नायिका केकीलाई अभिनयमा साथ दिएका छन् । मनिकुमार राईको कोरियोग्राफ, उज्वलको छायांकन र कला संग्रौलाको निर्देशन रहेको छ ।