You are here
Home > समाचार > पूर्वी रुकुममा टिपर दुर्घटना, पाँचजना गम्भीर घाइते

पूर्वी रुकुममा टिपर दुर्घटना, पाँचजना गम्भीर घाइते

१७ कार्तिक २०७४, शुक्रबार १६:२८

पूर्वी रुकुम |

पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका -११ सेरामा टिपर दुर्घटना भएको छ । शुक्रबार दिँउसो एक टिपर दुर्घटना हुँदा पांचजना गम्बिर घाइते भएका छन् ।

दाङबाट पूर्वी तकसेराका लागि पिके निर्माण कम्पनीको तारजाली लिएर जाँदै गरेको बा३ख ४२१७ नम्बरको टिपर दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा सुकीदह गाउँपालिका–२ रोल्पाका चालक पोषबहादुर बिक, पुथा–उत्तरगंगा गाउँपालिका–११ तकसेराका हिमाली बूढा मगर, तकसेराकै संगीता बूढा मगर , सोही ठाउँका कर्म बिक र साइलेन बूढा मगर छन् ।

घाइते सबैको सल्ले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।