You are here
Home > खेलकुद > रियल मड्रिडलाई टोटनह्यामले घरेलु मैदानमा हराउँदै

रियल मड्रिडलाई टोटनह्यामले घरेलु मैदानमा हराउँदै

१७ कार्तिक २०७४, शुक्रबार १७:०४

च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गत वर्षको च्याम्पियन रियल मड्रिडलाई इंग्लिस क्लब टोटनह्यामले हराएको छ । समूह चरणको चौथो खेल खेल्न इंगल्यान्ड पुगेको रियललाई घरेलु टोली टोटनह्यामले ३–१ को नमिठो हारा व्यहोर्न बाध्य बनायो ।

यो जितसँगै अन्तिम दुई खेलअघि नै टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको छ भने रियललाई अर्को खेलको प्रतीक्षा गर्नुपर्ने भएको छ । घरेलु मैदानमा भएको खेलमा स्पेनिस महारथिलाई हराउन टोटनह्यामका लागि डाले अलीले २ तथा क्रिस्टियन इरिक्सनले १ गोल गरे । रियलका लागि खेलको ८०औं मिनेटमा रोनाल्डोले १ गोल गरे पनि त्यसले हार टार्न सकेन ।

यो जितपछि दुई खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको टोटनह्यामले १० अंक बनाएको छ भने दोस्रो स्थानको रियल मड्रिडको ७ अंक छ ।

यी दुई टिमबीच यसअघि भएको पहिल खेल १–१ को बराबरीमा सकिएको थियो ।