You are here
Home > कला > चलचित्र  फिङ्गर प्रिन्ट केहि दिनपछि हलमा

चलचित्र  फिङ्गर प्रिन्ट केहि दिनपछि हलमा

१८ कार्तिक २०७४, शनिबार १४:१२
काठमाडौं |
चलचित्र ‘फिङ्गर प्रिन्ट’ केहि दिनपछि हलहरुमा आउने भएको छ । अपराध संग सम्बन्धित कथामा निर्माण भएकाे चलचित्र ‘फिङ्गर प्रिन्ट’ अब चाडैनै हलहरुमा दर्शकले देखन पाउने पक्का भएकाे छ । 
फिल्म बाहिर आएको छैन तर, “चाहिदैन चाहिदैन” बोलको गीतले युतुबमा रिलिज पुर्बनै हिट भैसकेकाे र अब फिल्मको पनि हलहरु संग सम्झौता भएको हुनाले चलाउने फिक्स भैसक्ने निर्माता अनिल श्रेष्टले जानकारि दिएका छन ।
उक्त चलचित्रबाट निकै आशाबादी रहेका नायक राज क्षितिजले  यसभन्दा अघिल्ला थुप्रै फिल्महरुमा काम गरेपनि खासै मन नछोएको तर, यस चलचित्रबाट अाफु निकै अाषाबादी रहेकाे उनले बताएका छन ।  फिङ्गर प्रिन्ट भन्दा पहिले खेलेका फिल्म ‘कस्ताे टेन्सन’ले सामान्य रुपमा ब्यापार गरेर चित्त बुझाएकाे थियाे  ।
‘फिङ्गर प्रिन्ट’ फिल्मकी नायिका अायुष्मा कार्किले पनि थुप्रै फिल्महरुमा काम गरेका छन्  । मान्छेको नजरमा खासै परिचित नभएका नायिका अायुष्मा कार्की पछिल्लो समय निकै चर्चामा आएको ‘लालजोडी’ चलचित्रले भने आफनो चर्चा गरीदिएको र आउने ‘फिङ्गर प्रिन्ट’मा झनै आशा भएको बताईन । 
 चलचित्रमा मुख्य कलाकार राज क्षितिज र अायुष्मा कार्कीले निभाएका छन् । सहयोगी कलाकारमा दिपक त्रिपाटि, सरिता लामिछाने, संकर अाचार्य लगायत निकै कलाकारहरुको अभिनय देखन पाइन्छ ।