You are here
Home > राजनीति > जनार्दन शर्माले औपचारीक रुपमा चुनावी अभियान सुरु गर्दै

जनार्दन शर्माले औपचारीक रुपमा चुनावी अभियान सुरु गर्दै

२० कार्तिक २०७४, सोमबार १६:०६

पश्चिम रुकुम |

गठबन्धन रुकुम पश्चिमले आजबाट औपचारीक रुपमा चुनावी अभियान सुरु गर्दै छ । आगामि मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि आजबाट विभिन्न ठाउँमा कार्यक्रम गर्न लागिएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा प्रभाकार, प्रदेश सभा सदस्य तर्फ क निर्वाचन क्षेत्रका उम्मेदवार रातो कामी र ख निर्वाचन क्षेत्रका उम्मेदवार गोपाल शर्मा अनल सहितको चुनाव प्रचार अभियान गाउँ निस्केको हो । प्रतिनिधि सभा सदस्यका उम्मदेवार जनार्नद शर्मा प्रभाकरले ख निर्वाचन क्षेत्रबााट प्रचार अभियान थाल्नु भएको छ ।

उहाँको प्रचार टोली प्रमुखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिका प्रमुख नेता राजकुमार शर्मा आर्ट रहनु भएको छ भने सदस्यमा संयोजन समितिका अर्का प्रमुख नेता शेरबहादुर केसी लगायतका नेताहरु रहनु भएको छ । जनार्दन शर्माले २४ गते सम्म ख निर्वाचन क्षेत्रमा प्रचार प्रसार अन्तरगर्त चुनावी सभालाई सम्बोधन तथा घरदैलो, भेटघाट गर्नुहुने छ ।

शर्माको २० गते स्रिमुतु, २१ गते पेउघा, २२ गते खोलागाउँ २३ गते चौरजहारी र २४ गते सिम्लीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी २५ गतेदेखि ख निर्वाचन क्षेत्रमा उहाँको प्रचार टोली जाने छ । २५ गते राडी, २६ गते गोतामकोट, २८ गते खदी, ३० गते बाँफिकोट र मंसिर १ गते मुसीकोटको चुनावी सभामा सहभागि हुनुहुने छ । चुनावी सभाको साथै उहाँले घरदैलो, भेघाटन र अन्तरक्रिया पनि सँगसँगै गर्नुहुने छ ।

यसैगरी क निर्वाचन क्षेत्रको कार्यक्रम पनि आजबाटै सुरु भएको छ । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रातो कामीलाई विजय बनाउन नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष विमलकुमार पुनको नेतृत्वमा क निर्वाचन क्षेत्रको चुनाव प्रचार प्रसार कार्यक्रम हुनेछ ।

उक्त टोलीले दिएको जानकारी अनुसार कार्तिक २० देखि २४ गते सम्म मुसीकोट नगरपालिका, २६ देखि ३० गते सम्म बाँफिकोट गाउँपालिका, मंसिर १ देखि ४ गते सम्म मुसीकोट नगरपालिका र मंसिर ५ देखि ८ गते सम्म आठविसकोट नगरपालिकामा चुनावी कार्यक्रम गर्नेछ छ । ख निर्वाचन क्षेत्रका उम्मेदवार गोपाल शर्मालाई जिताउन अर्को छुट्टै टोली निर्माण गरिएको छ ।

माओवादी केद्रका नेता गणेश केसीको नेतृत्वमा रहेको उक्त टोलीले कात्तिक २५ गतेबाट चुनावी कार्यक्रम गर्ने छ । उक्त टोलीका अनुसार कात्तिक २५ देखि मंसिर २ गते सम्म सानीभेरी गाउ“पालिका, कात्तिक २८ देखि मंसिर १ गते सम्म चौरजहारी नगरपालिका, मंसिर ३ देखि ६ गते सम्म त्रिवेणि गाउँपालिकामा चुनावी कार्यक्रम तथा घरदैलो हुनेछ ।