You are here
Home > कला > ‘घुमाउने घर’ फिल्मको अफिसियल टिजर सार्वजनिक (भिडियो सहित)

‘घुमाउने घर’ फिल्मको अफिसियल टिजर सार्वजनिक (भिडियो सहित)

२३ कार्तिक २०७४, बिहीबार १०:३८

काठमाडौ |

निर्देशक तिल थापा मगर निर्देशित तेस्रो चलचित्र ‘घुमाउने घर’को तिजर सार्वजनिक भएको छ । बास्तबिक कथा बस्तुलाई केन्द्र बिन्दु मानेर लव जनरामा निर्माण भएको ‘घुमाउने घर’ चलचित्रको अफिसियल टिजर मंगलबार युतुबमा सार्वजनिक भएको हो ।

नवलपरासीबाट काठमाडौं आएर ८ बर्ष यता लामो समय देखि चलचित्र जगतमा निरन्तर काम गर्दै आएका थापाले यो भन्दा पहिले नै मगर कथा बस्तुमा आधारित फिचर फिल्म ‘रित’ र ‘सार’ निर्माण गरिसक्नुभएको छ ।

‘घुमाउने घर’ चलचित्रसम्म आउदा निकै कुराहरु थाहा भयो, त्यसैले अन्य चलचित्रहरु भन्दा फरक काम गरेको छु ।दर्शकले चलचित्र हेर्दा मगर पन बोकेर फर्किने छन्।’ उहाँले भने, ‘यो चलचित्रमा पुरानो पुस्ता र नयाँ पुस्ताको कथालाई समेटिएको छु ।’ उहाँले थपे, ‘नेपाली चलचित्र र मुलधार चलचित्र भन्ने शब्द नेपाली चलचित्र बजारमा निकै सुनिरहेको भेला दुवै धारलाई मिलाएको छु ।’

अर्का सह-निर्देशक युकी आले मगरले भने, ‘पुरानो पुस्ताको कथा र नयाँ पुस्ताको कथालाई एउतै मालामा उन्नको लागि मुख्य कलाकारको भूमिका ‘लोम्बा’ चलचित्रका निर्देशक अनिल बुढा मगरले निभाएका छन् ।’ उहाँले भने, ‘शुटिङमा हामीले निकै आरोह र अवरोहका घटनाहरु संग साइनो लगाएपनि चलचित्रको तिजर बाहिर आएपछी खुशी लागेको छ ।’

चलाचित्रमा सन्तोष दर्लामी मगरको क्यामरा र शेर थापा मगर र कमला थापा मगरको लगानी रहेको छ । निर्देशक तिल थापा मगर र सह-निर्देशन युकी आले मगर संगै अनिल बुढा मगर, लिना थापा मगर, शेर थापा मगर रिता पुन मगर, सुदिप थापा मगर, सिर्जना पुन मगर, भिम राना मगर, संजय बुढाथोकी मगर, अमन पुन मगर, सुरेश थापा मगर लगायत धेरैले अभिनय गरेका छन् । नृत्य निर्देशको भूमिका चित्र मास्की राना मगरले गरेका छन् ।