You are here
Home > समाचार > काजिले जित्ने भएपछि पाजिहरुकाेराेईकराई सुरु भयाे, बाबुराम

काजिले जित्ने भएपछि पाजिहरुकाेराेईकराई सुरु भयाे, बाबुराम

२५ कार्तिक २०७४, शनिबार १०:१७

साजन बि,क

शिरानचोक, जौबारी/२५ कार्तिक

शिरानचोक गाउँ पालिका – १ का माओवादी नेता बाबुराम पन्तले गोरखा क्षेत्र नम्बर दुई बाट नारायणकाजी श्रेष्ठ (प्रकाश) ले जित्ने पक्का भएपछि पाजिहरु राेईकराई गर्न अांटेकाे बताएका छन।

स्थानीय निर्वाचनमा नयाँ शक्ति नेपाल बाट शिरानचोक गाउँ पालिका वडा नम्बर – १ को वडा अध्यक्ष उठ्नुभएका पन्तले जौबारी घर भएका श्रेष्ठ अत्याधिक मतले बिजयी हुने बताउनुभयो ।

चुनावी प्रचारको क्रममा शिरानचोक गाउँ पालिका -८ जौबारीमा भेटिनु भएका पन्तले संचारकर्मी सङ्ग कुरा गर्दै नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई व्यक्तिवादी सोच भएको आरोप लगाउनु भयो । पन्तले भट्टराई व्यक्तिगत स्वार्थ राख्ने र ढुलमुले भएको बताउनुभयो । बामपंथी बिचारधारा छाडेर माओवादी केन्द्रलाइ धोका दिएकोले नयाँ शक्तिका धेरै नेताहरू ले पार्टी छाडेको पन्तले बताउनुभयो ।
पन्तले भन्नुभयो : यहाँ मात्रै सात जना सहिद भएका छन, ती सहिदहरुको सपना भट्टराई ले लत्याउनुभयो ।
त्यही कारण पनि भट्टराईले कुनै हालतमा नजित्ने पन्तले दावी गर्नुभयो ।
पन्त अहिले आफ्नै घर (नेकपा माओवादी केन्द्र) मा फर्कनु भएको छ ।

(हेर्नुस् भिडियो)