You are here
Home > समाचार > अनन्तलाई मार्ने याेजना थिएन ,बिप्लप

अनन्तलाई मार्ने याेजना थिएन ,बिप्लप

२५ कार्तिक २०७४, शनिबार १६:२७

मिलन लामा, एकाबिहानै अाफ्नाे क्षेत्रकाे चुनाबी प्रचार प्रसारमा निस्केका पुर्ब अर्थ मन्त्रि तथा प्रतिनिधि सभा का प्रत्यक्ष उमेदवार बर्षामान पुन ,अनन्त
विहान नेकपाका कार्यकर्ताहरुको विद्युतीय धरापमा परेर ज्यान जोगाएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता वाम गठबन्धनबाट रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले आफ्नो चुनावी अभियानलाई निरन्तर अगाडि बढाउदै गरेका बेला उनलाई मार्ने याेजना नभएकाे नेकपा ( बिप्लप) नेत्र बिक्रम चन्द निकटका एक नेताले नेपाल न्युज डट प्रेसलाई जानकारि दिएका छन। उनले भने दलाल पुजिपति संसदिय ब्यबस्थाकाे बिराेध मात्र गरेका हाै ।याे प्रक्रिया देशै भरि लागु गर्छाै ।
तामझामका साथ दुईखाेली पुगेका अनन्तले विस्फोटले आफूहरुलाई नरोक्ने घोषणा गरेका उनले दिउँसो दुईखोली गाउँपालिकाका राङसी पुगेर रोल्पालाई नमूना जिल्ला बनाउने घोषणा गरेका छन् ।
चुनावी सभालाई संबोधन गर्दै अनन्तले समृद्ध रोल्पा र सुखी रोल्पालीका लागि रोल्पालाई नमूना जिल्ला बनाउने घोषणा गरे । ‘समृद्ध रोल्पा र सुखी रोल्पाली हाम्रो अभियान हो,’ उनले भने, ‘यसका लागि हामी समृद्ध, गतिशील र स्मार्ट नमूना रोल्पा निर्माण गर्छौँ ।’
उनले भौतिक, सामाजिक, आर्थिक विकासबाट रोल्पालाई समृद्ध बनाउने खाका प्रस्तुत गरे । अनन्तले भने, ‘हाम्रो एक दशक जनयुद्धमा वित्यो, एक दशक शान्ति र संविधान निर्माण प्रक्रियामा बित्यो, अबको दशक समृद्धिको लागि वित्नेछ ।’ कार्यक्रममा अनन्तले राङ्सीले उपराष्ट्रपति, मन्त्री तथा अन्य नेताहरु जन्माएको भन्दै राङ्सीबासीलाई गौरव गर्न आग्रह गरे ।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् वाम गठबन्धनका तर्फबाट रोल्पाका प्रतिनिधि सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले वाम तालमेलले अरु सबै अत्तालिएको बताएका छन् । वाम तालमेलबाट अत्तालिएकाहरुले भए नभएका काम गर्न थालेको उनको भनाई छ ।
निर्वाचन प्रचार प्रसारको क्रममा दुईखोली गाउँपालिकाको राङसीमा शनिबार आयोजित चुनावी सभालाई संबोधन गर्दै वरिष्ठ नेता अनन्तले भने, ‘वाम एकता देखेर अरु दल तथा समूहहरु अत्तालिएका छन् । त्यसैले भए नभएको काम गर्दै आएका छन् ।’
शनिबार विहान नेकपाका कार्यकर्ताहरुले गराएका वम विस्फोटको बारेमा कुनै धारणा नराखेका अनन्तले वाम तालमेलबाट उक्त समूहले तालमेलबाट अत्तालिएर वम विस्फोट गराएको सांकेतिक दावि गरेका थिए ।
विस्फोट निन्दनीय छ
कार्यक्रममा क्षेत्र नं. २ का प्रदेश सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य दीपेन्द्र पुन ‘सिजल’ले आफूहरुले फराकिलो मतान्तले जित्ने दावि गरे । ‘हामी तपाईंहरुलाई जितका लागि भोट माग्न आएका होइन, भारी मतान्तरले जिताउनुहोस् भनेर भोट माग्न आएका हौँ,’ उनले भने ।
सिजलले शनिबार विहान आफूहरुलाई लक्षित गराएर गरिएको घटनाको निन्दा गरे । ‘आज विहान बम विस्फोट गराईयो । यो निन्दनीय छ,’ उनले भने ।
कार्यक्रममा एमालेका पोलिट्व्यूरो सदस्य गोकुल घर्तीले एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल मात्रै नभई पार्टी एकताका लागि तालमेल भएको बताए । उनले दुई पार्टीबीच छिट्टै एकता हुने दावि गरे । साथै अबकाे ताममेललाई र एकतालाई कसैकाे तागतले नराेक्ने समेत बताएका छन।